Like us!
Follow us!
Connect us!
Watch us!

‘यति छिटो नै विश्वासको मत लिनुपर्ने अवस्था आउँछ भनेर सोचेकै थिइनँ’

अर्थ संसार

सोमबार, ०६ चैत्र २०७९, १३ : ४९ मा प्रकाशित

‘यति छिटो नै विश्वासको मत लिनुपर्ने अवस्था आउँछ भनेर सोचेकै थिइनँ’

प्रधानमन्त्री पुष्पकमल दाहालले यति छिटो नै विश्वासको मत फेरि लिनुपर्ने अवस्था आउँछ भनेर आफूले नसोचेको बताएका छन् । आज (सोमबार) संसद्मा विश्वासको मत माग्ने क्रममा उनले यस्तो बताएका हुन् ।

राष्ट्रिय सहमतिमा राष्ट्रपति चयनमा आफ्नो प्रस्तावपछि एमाले र राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको र समर्थन पनि फिर्ता लिएको स्मरण गराउँदै दाहालले आफूले संविधानतः फेरि पनि विश्वासको मत लिन लागेको बताए । 

सो क्रममा प्रधानमन्त्री दाहालले संसद विघटन गर्नु गर्वको विषय नभएको बताएका छन् । उनले संसदको पहिलो दिनको बैठकमा नै संसद विघटन ठिक थियो भन्ने कुराले आफूलाई नैतिक संकट परेको सुनाए । उनले भने,‘सर्वोच्च अदालतले दुई-दुई पटक असंवैधानिक भनेको त्यो अप्रिय कुरा गर्वको विषय होइन, तर संसदको पहिलो बैठकमा नै संसद विघटन ठिक थियो भनेपछि तत्कालीन गठबन्धनमा अविश्वासको वातावरण सिर्जना भयो।’  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको