Like us!
Follow us!
Connect us!
Watch us!

सरकार शान्ति प्रक्रियालाई अविलम्ब टुंग्याउन चाहेको प्रधानमन्त्री प्रचण्डको स्पष्टोक्ति

अर्थ संसार

सोमबार, ०६ चैत्र २०७९, १३ : ५६ मा प्रकाशित

सरकार शान्ति प्रक्रियालाई अविलम्ब टुंग्याउन चाहेको प्रधानमन्त्री प्रचण्डको स्पष्टोक्ति

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार शान्ति प्रक्रियालाई अविलम्ब टुंग्याउन चाहेको स्पष्ट पारेका छन् । आज (सोमबार) संसदमा विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्। उनले विविध कारणले गर्दा अहिलेसम्म शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउने काम नभएको भन्दै अब यसलाई निष्कर्षमा पुर्याउने बताएन् ।

उनले भने, ‘विविध कारणले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने काम भएको छैन । वर्तमान सरकार अविलम्ब यो प्रक्रिया टुंग्याउन चाहन्छ।  सोही अनूरुप अन्तराष्ट्रिय मानवअिधकार तथा मानवीय कानुन, संक्रमणकालीन न्यायका मान्यता र सिद्धान्त, पीडित सरोकारवालाका सुझाव र सर्वोच्च अदालतको आदेशका आधारमा वेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक तयार गरी संसदमा पेश गरिसकिएको छ ।’    

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको