Like us!
Follow us!
Connect us!
Watch us!

संघदेखि प्रदेशसम्मको सरकार पुनर्गठन हुन्छः प्रचण्ड

पत्रपत्रिका

बुधबार, ०८ चैत्र २०७९, ०७ : १३ मा प्रकाशित

संघदेखि प्रदेशसम्मको सरकार पुनर्गठन हुन्छः प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भागबन्डाका आधारमा केही दिनमै संघदेखि प्रदेश सरकार पुनर्गठन गरिने बताए । मंगलबार गोरखा पुगेका प्रचण्डले आफूले विश्वासको मत पाएकाले अब केन्द्र र प्रदेश सरकार पुनर्गठन हुने बताए ।

‘प्रदेश सरकारहरू गठन, पुनर्गठन गर्ने कुरामा पनि हामीले सबै प्रदेशमा आलोपालो प्रणालीद्वारा प्रदेश सरकारलाई पूर्णता दिने सहमति गरेका छौं,’ प्रचण्डले भने, ‘त्यसबाट पनि जनताका विकास निर्माण र समृद्धिका आकांक्षा सम्बोधन गर्नेगरी एकीकृत रूपमा हामी अगाडि बढाउँछौं ।’ उनले सरकारलाई पूर्णता दिने प्रक्रियामा रहेको र दलहरूबीचमा गम्भीर छलफल भइरहेको जानकारी गराए । प्रचण्डले भने, ‘अब हामी केन्द्र र प्रदेश सरकारलाई पूर्णता दिने प्रक्रियामा छौं, आज बिहानबाटै कांग्रेसलगायत अन्य दलसँग गम्भीर छलफल सुरु भएको छ ।’

संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गर्न बृहत्तर बैठक छिट्टै आयोजना गर्ने उनले बताए । उनले भने, ‘विकासलाई गति दिन र विकासको मोडालिटी’दयगत पनि छलफल गरिन्छ ।’

एकीकृत समाजवादीले गठन ग(यो कार्यदल
यसैबीच, सरकारमा सहभागिताको विषयमा छलफल गर्न एकीकृत समाजवादीले कार्यदल गठन गरेको छ । तीन सदस्यीय कार्यदलमा पार्टी अध्यक्ष नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल रहेको एकीकृत समाजवादीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

‘संघीय सरकार र प्रदेश सरकार, केन्द्रदेखि प्रदेशसम्मको मन्त्रालय बाँडफाँट र सरकारका एजेन्डाहरूका ’दयगतमा छलफल गर्नेछौं,’ प्रवक्ता खतिवडाले भने, ‘एउटा मात्रै नभएर धेरै दलसँग छलफल गर्नुपर्ने भएकाले हाम्रो कुनकुन मन्त्रालयमा दाबी रहनेछ भन्ने विषयमा पनि कार्यदलले छलफल गर्नेछ ।’

आफूहरूको कुनै पनि मन्त्रालयमा दाबी नरहेको बताउँदै खतिवडाले सबैलाई मिलाएर मन्त्रिपरिषद् विस्तारलगायतका बारेमा कार्यदलले छलफल गर्ने बताए । राजधानी दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको