Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री प्रचण्डलाई लिङ्देनले भने: मुख थुनेर त के बन्दुकले पनि आवाजहरू थुनिन्नन्

अर्थ संसार

बुधबार, ०८ चैत्र २०७९, १३ : १३ मा प्रकाशित

प्रधानमन्त्री प्रचण्डलाई लिङ्देनले भने: मुख थुनेर त के बन्दुकले पनि आवाजहरू थुनिन्नन्

राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा)का अध्यक्ष पुर्व उपप्रधान एवं उर्जामन्त्री राजेन्द्र लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जनताको मुख थुन्ने भन्दा माग पुरा गराउन सुझाव दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित बानेश्वरको एक कार्यक्रममा आक्रोशित युवाले नाराबाजी गरे पछि प्रहरीले मुख थुनेको घटनालाई लिएर अध्यक्ष लिङदेनले सो सुझाव दिएका हुन ।

गणतन्त्र र संघीयता आएपछि सबैले बोल्न पाएको भन्ने प्रचण्ड सहभागी कार्यक्रममा मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो भन्दै उनले प्रश्न गरेका छन् ।

उनले भनेका छन्, ‘हामीले गणतन्त्र ल्यायौँ, संघीयता ल्यायौँ, धर्मनिरपेक्षता ल्यायौँ र त सबैले बोल्न पाएका छौँ भन्नुहुने क। प्रचण्ड । हेर्नुहोस् त, हेर्दाहेर्दै मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो रु प्रधानमन्त्रीज्यू, चाँडो भन्दा चाँडो बैंक तथा वित्तीय संस्थाहरूको ब्याज घटाउनुहोस्, युवालाई देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नुहोस् ,जो सम्भव छ । अन्यथा मुख थुनेर त, के बन्दुकले पनि आवाजहरू थुनिन्नन्, जो तपाईँ स्वयमलाई थाहा छ।’
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको