Like us!
Follow us!
Connect us!
Watch us!
भागबण्डामा सबै दलको आ–आफ्नै दाबी

मन्त्रालय बाँडफाँड टुँग्याउन बालुवाटारमा ४ बजे सत्ता गठबन्धनको बैठक बस्दै

अर्थ संसार

बुधबार, ०८ चैत्र २०७९, १३ : २३ मा प्रकाशित

मन्त्रालय बाँडफाँड टुँग्याउन बालुवाटारमा ४ बजे सत्ता गठबन्धनको बैठक बस्दै

सत्ता गठबन्धन मन्त्रालय बाँडफाँड टुँगो लगाउन बैठक बस्ने भएको छ । बैठक आज (बुधबार) बेलुका ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो ।

उक्त बैठकमा मन्त्रिपरिषद पुनर्गठनका विषयमा छलफल हुने प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयले जनाएको छ । लामो समयदेखि १६ मन्त्रालय नेतृत्वविहीन छन् । १६ वटै मन्त्रालय अहिले प्रधानमन्त्री प्रचण्डको काँधमा छ ।

प्रधानमन्त्री दाहलाले चैत्र ६ गते संसद्मा दोस्रो पटक विश्वासको मत पाएपछि सरकारलाई पूर्णता दिने तयारी छ । प्रधानमन्त्री दाहालले मन्त्रालय बाँडफाँडको प्रस्ताव गरिसकेका छन् । तर, दलहरुले केही बढि नै मन्त्रालयमा दाबी गरेको कारण सहमति हुन नसकेको बताईएको छ । आज भने मन्त्रालय बाँडफाँडको विषय टुँगो लगाउने दाहालको तयारी छ ।

प्रधानमन्त्री दाहालले गठबन्धनमा आवद्ध दश दललाई नै समेटेर मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । पछिल्लो समय उनले सबैलाई भाग पुर्याउने भन्दै मन्त्रालय फुटाएर २५ वटा पुर्याउनेसम्मको गृहकार्य गरेको कुरा बाहिर आएको छ। नेपाली कांग्रेसले १० मन्त्रालयमा दाबी गरेको छ । सभापति शेरबहादुर देउवाले आज-भोलिभित्रै पार्टीबाट क–कसलाई सरकारमा पठाउने भनेर नाम टुँगो लगाउने भएका छन् ।

कांग्रेसले गृह र अर्थसहितका मन्त्रालयमा दाबी गरेको छ । प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री भएकोले माओवादीले गृह र अर्थमध्ये एक मन्त्रालय नछाड्ने अडान लिएका छन् । उता, माधव नेपालले पनि गृह मन्त्रालयमा आफ्नो दलको दाबी पेश गरेका छन् । अहिले कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले गृहमन्त्रालयमा दाबी गरेपछि मन्त्रालय भागबण्डा चाँडै टुँगो लाग्नेमा आशंका उत्पन्न भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको