Like us!
Follow us!
Connect us!
Watch us!

‘वैदेशिक रोजगारीमा रहेका श्रमिकलक्षित सामाजिक सुरक्षा योजनाको सुरुवात’, प्रधानमन्त्री प्रचण्डले गरे शुभारम्भ

अर्थ संसार

बुधबार, ०८ चैत्र २०७९, १३ : ३३ मा प्रकाशित

‘वैदेशिक रोजगारीमा रहेका श्रमिकलक्षित सामाजिक सुरक्षा योजनाको सुरुवात’, प्रधानमन्त्री प्रचण्डले गरे शुभारम्भ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई लक्षित गरी सामाजिक सुरक्षा योजनाको शुभारम्भ गरेका छन् । आज (बुधबार) सामाजिक सुरक्षा कोषले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीमा गएका नेपाली लक्षित समाजिक सूरक्षा योजनाको शुभारम्भ गरेका हुन् । 

उक्त योजनाबाट वैदेशिक रोजगारीमा गएका लाखौं नेपाली लाभान्वित हुने प्रधानमन्त्री प्रचण्डको विश्वास रहेको छ । उक्त योजनामा सहभागी हुन हरेक महिना श्रमिकले २ हजार २ रुपैयाँ बुझाउनुपर्छ। कार्यक्रमलाई सम्बोधन गर्दे प्रधानमन्त्री प्रचण्डले आफूले हरेक पटक प्रधानमन्त्री बन्दा वैदेशिक रोजगारीमा रहेका नेपालीको हक हितको पक्षमा काम गरेको दाबी गरे ।

उनले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा विदेशमा रहेका नेपाली नागरिकको नागरिकताको विषयलाई एजेण्डा बनाएको उनले बताए ।  साथै दोस्रो पटक प्रधानमन्त्री बन्दा वैदेशिक रोजगारीमा रहेका नेपालीको विमा र अहिले सामाजिक सुरक्षा योजनाको सुरुवात गरेको उनले बताए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको