Like us!
Follow us!
Connect us!
Watch us!

सामसङ्गले ग्यालेक्सी ‘ए३४’ र ‘ए५४’ नेपाली बजारमा ल्याउँदै

अर्थ संसार

विहीबार, ०९ चैत्र २०७९, १२ : १९ मा प्रकाशित

सामसङ्गले ग्यालेक्सी ‘ए३४’ र ‘ए५४’ नेपाली बजारमा ल्याउँदै

इन्टरनेटभरी व्यापक हल्ला छ कि, सामसङ्गको नयाँ ए–सिरिजका स्मार्टफोनहरु नेपाल आउनका लागि तयारी अवस्थामा छन् । सामसङ्ग ग्यालेक्सी ‘ए३४’ ५ जी र ग्यालेक्सी ‘ए५४’ ५ जीको विश्वव्यापी बिक्री शुभारम्भ भएसंगै नेपाली बजारमा सामसङ्गको सर्वप्रिय ए–सिरिजका अत्युत्तम नयाँ संस्करणका फोनहरुले कहिले प्रवेश पाउने हुन् भनेर त्यसको वास्तविक मिति थाहा पाउन सर्वत्र चासो बढेको छ । अब भने ती नयाँ स्मार्टफोनहरु नेपाल आउने पक्का भए जस्तो देखिन्छ । सामसङ्ग नेपालको आधिकारिक सामाजिक सञ्जालका प्लेटफर्महरुमा त्यसलाई चाँडै नै उपलब्ध गराउने आशयका केही टिजर पोस्टहरु हामी देख्न सक्दछौं ।

नयाँ ग्यालेक्सी ए३४ ५जी र ग्यालेक्सी ए५४ ५जी विश्वव्यापी रुपमा बिक्री शुभारम्भ भइसकका छन् र विशेष गरी तिन्मा भएका तीन लेन्सयुक्त रेअर क्यामरा र नाइटोग्राफी जस्तो मुख्य विशेषताहरुमा पहुँच भएकोले यसप्रति हरकोहीको ध्यान आकर्षित भएको पाइएको छ । दुवै स्मार्टफोनहरु तिनीहरुको प्रारम्भिक लेन्सका साथ केही अपग्रेडका साथ आएका छन् ।

ग्यालेक्सी ए३४ ५जी ४८ एमपि प्राइमेरी क्यामरा र २ एमपि म्याक्रो लेन्सका साथ आएको छ भनें ग्यालेक्सी ए५४ ५जीमा ५ एमपि म्याक्रो लेन्ससहित ५० एमपि प्राइमेरी रहेको छ । दुवै फोनहरुमा ८ एमपिको अल्टा वाइड एँगल लेन्स जडित छ । यी लेन्सहरुले माथि उल्लेख गरिएको नाइटोग्राफी विशेषता, ब्लर कम भएको रात्रीकालीन फोटो-भिडियो, इन्हान्सड ओआइएस, पिक्सेल अटो फोकसका साथ गुणस्तरीय फोटोग्राफी पाउनुहुन्छ र तपाईंको जीवनका अत्युत्तम पलहरु क्याप्चर गर्ने सक्नु हुनेछ ।

दुवै ग्यालेक्सी ए३४ ५जी र ग्यालेक्सी ए५४ ५जीलाई १२० हर्जको रिफ्रेस दरमा अपग्रेड गरिएकोले यसमा भएका सुपर एमोलेड डिस्प्लेमार्फत् प्रयोगकर्ताहरु उनीहरुको रोजाईंमा ढुक्क हुन सक्छन् ।  यी फोनहरु अतुलनीयरुपमा बलिया पनि छन्, यसका पानी र धुलो प्रतिरोधक आइपि६७ र कर्निङ्ग गोरिल्ला ग्लास ५ सुरक्षण र सामसङ्गको सिग्नेचर नक्स सेक्युरिटी को साथ, जुन सबै प्रयोगकर्ताहरुका लागि उपलब्ध छन् ।

ग्यालेक्सी ए३४ ५जी र ग्यालेक्सी ए५४ ५जीमा ५ वर्षको सुरक्षा अद्यावधिक र ४ वर्षको ओएस अपग्रेडहरुको ग्यारेन्टी पनि दिइएको छ । यी विशेषताहरले प्रयोगकर्ताहरुलाई उनीहरुको स्मार्टफोनको जीवनचक्रलाई अधिक बनाउन पछिल्लो सफ्टवेयर र सुरक्षामा पहुँच दिनेछन् । 

सामसङ्ग ग्यालेक्सी ए३४ ५जी र ग्यालेक्सी ए५४ ५जीको डिजाइन ग्यालेक्सी एस२३ को मुख्य डिजाइनसंग मिल्दोजुल्दो रहेको छ, जुन यसको सबैभन्दा ठूलो अपील मध्येको एक हो । तपाईंले मध्यम खालको मुल्यमा सामसङ्गको मुख्य बनावट पाइरहनु भएको छ ।

सामसङ्गले ए–सिरिजको शृँखलामा यी नवीनतम संस्करणहरुद्वारा एक अर्को खोजपूर्ण कार्य ल्याएको छ । ग्यालेक्सी ए३४ ५जी र ग्यालेक्सी ए५४ ५जीले यसका प्रयोगकर्ताहरुको जिन्दगीमा साँचो अनुपम अनुभूति ल्याइदिनेछ र यी तयार छन् अब चाँडै नै नेपालमा सार्वजनिक हुन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको