Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री नडराएसम्म जनता डरबाट मुक्त हुन सक्दैनन्: महामन्त्री थापा

अर्थ संसार

विहीबार, ०९ चैत्र २०७९, १२ : ३० मा प्रकाशित

प्रधानमन्त्री नडराएसम्म जनता डरबाट मुक्त हुन सक्दैनन्: महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनतामा निराशा छाएको बताएका छन् । आज (बिहीबार) सामुदायिक रेडियोको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै थापाले पछिल्लो समय नागरिकमा निराशा छाएको बताएका हुन् । 

सम्बोधन गर्दै थापाले भने,‘प्रधानमन्त्री नडराएसम्म जनता डरबाट मुक्त हुन सक्दैनन् । कोहि पनि नागरिक यहाँ राम्रो हुन्छ भन्ने विश्वासमा छैनन् । ’ कुर्सीमा बसेको प्रधानमन्त्री डराए मात्रै जनतामा देखिएको निराशा कम गर्न सकिने थापाको भनाइ छ ।

थापाले भने,‘मैले प्रधानमन्त्रीलाई पटक पटक भन्ने गरेको छु । नागरिकलाई नतर्साउनुस् । तर, प्रधानमन्त्री एक्लै बस्दा डराउनुपर्ने अवस्था आएको छ । कम्तीमा दिनमा आधा घण्टा समय निकाल्नुस्। भेटघाट बन्द गर्नुस् र एकपटक सोच्नुस् । आफूसँग भएको एकएक सेकेन्डको कसरी प्रयोग गर्ने भनेर डराउनुस् ।’ प्रधानमन्त्रीले अनावश्यक भेटघाटलाई बन्द गर्नुपर्ने बेला आएको उनले सुझाए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको