Like us!
Follow us!
Connect us!
Watch us!

मन्त्रिपरिषदको बैठक बस्नुअघि प्रधानमन्त्री प्रचण्डले सबै मन्त्रीलाई सिंहदरबार बोलाए

अर्थ संसार

शुक्रबार, १० चैत्र २०७९, १४ : २७ मा प्रकाशित

मन्त्रिपरिषदको बैठक बस्नुअघि प्रधानमन्त्री प्रचण्डले सबै मन्त्रीलाई सिंहदरबार बोलाए

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज अपराह्न ४ बजेका लागि  मन्त्रिपरिषदको बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयले मन्त्रिपरिषदको बैठक बस्ने तयारी भएको बताएका हुन्।

बैठक बस्नुअघि  प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीहरुलाई तत्काल आफ्नो कार्यालयमा आउन निर्देशन दिएका छन्। प्रधानमन्त्री दाहालले तत्काल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आउन मन्त्रिपरिषद्‍मा रहेका मन्त्रीहरुलाई निर्देशन दिए।

मन्त्रीहरुसँगको छलफलपछि आजको बैठकबाट नेपाल प्रहरीको महानिरिक्षक चयन गर्न प्रचण्डले मन्त्रिपरिषदको बैठक बोलाएको बताइएको छ। अहिले गृहमन्त्रालययको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डले नै सम्हालिरहेका छन्।

आजबाट प्रहरी महानिरीक्षक धिरतप्रताप सिंहले अवकास पाउँदैछन्। त्यसैलै सरकारले आजै नयाँ महानिरीक्षक नियुक्त गर्न लागेको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको