Like us!
Follow us!
Connect us!
Watch us!

यस्तो छ आजको बिदेशी मुद्राको विनियम दर(सूचीसहित)

अर्थ संसार

शनिबार, ११ चैत्र २०७९, ०७ : ३८ मा प्रकाशित

यस्तो छ आजको बिदेशी मुद्राको विनियम दर(सूचीसहित)

नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३१ रूपैयाँ ६८ पैसा र बिक्री दर १३२ रूपैयाँ २८ पैसा तथा युरो एकको खरिद दर १४१ रूपैयाँ ३२ पैसा र बिक्री दर १४१ रूपैयाँ ९६ पैसा रहेको छ ।

त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६० रूपैयाँ ७९पैसा र बिक्री दर १६१ रूपैयाँ ५३ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४३ रुपैयाँ ३६ पैसा र बिक्री दर १४४ रुपैयाँ २ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८७ रुपैयाँ ४६ पैसा र बिक्री दर ८७ रुपैयाँ ८६ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको