Like us!
Follow us!
Connect us!
Watch us!

कोशी प्रदेश नामाकरण विवादः घटना छानविन गर्न समिति गठन

अर्थ संसार

शनिबार, ११ चैत्र २०७९, १४ : ४९ मा प्रकाशित

कोशी प्रदेश नामाकरण विवादः घटना छानविन गर्न समिति गठन

कोशी प्रदेश नामाकरण विवादको घटना छानविनका लागि सरकारले समिति गठन गरेको छ। नेपाल सरकारका सहसचिव रामबन्धु सुवेदीको नेतृत्वमा छ सदस्यीय छानविन समिति गठन भएको हो ।

आज (शनिबार) विहान नेपाल आदिवासी जनजाति महासङ्घ, किरात राई यायोक्खा, किरात याक्थुम चुम्लुङ, नेपाल शेर्पा संघ, संघीय लोकतान्त्रिक राष्ट्रिय मंच, किरात धर्म तथा साहित्य उत्थान मञ्च लगायतका सरोकारवाला संघसंस्थाका प्रतिनिधिहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए ।

भेटमा सरकारको तर्फबाट सरकारका प्रवक्ता एवं सूचना तथा सन्चारप्रविधि मन्त्री रेखा शर्मा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार हरिबोल गजुरेल, नेपाल सरकारका मुख्यसचिव शंकरदास वैरागी र गृहसचिव विनोद सिंहसमेत सहभागी थिए ।

प्रधानमन्त्री प्रचण्डले आन्दोलनको क्रममा पदम लिम्बुको भएको निधनप्रती दुःख प्रकट गर्दै घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गर्ने, सहिद घोषणा र पीडित परिवारलाई राहत प्रदान गर्न आवस्यक पहल गर्ने तथा प्रादेशिक नामाकरणको विषयमा राजनीतिक तहमा वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको