Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौं बहिरा संघका सदस्यहरुलाई सेयर बजारसम्बन्धी एकदिने तालिम कार्यक्रम

अर्थ संसार

आइतबार, १२ चैत्र २०७९, १३ : ०४ मा प्रकाशित

काठमाडौं बहिरा संघका सदस्यहरुलाई सेयर बजारसम्बन्धी एकदिने तालिम कार्यक्रम

प्रभु क्यापिटल लिमिटेडले २०७९ चैत्र ११ गते शनिबार “ग्लोबल मनि विक—२०२३” को अवसरमा युवा केन्द्रित विविध पूँजीबजार तथा वित्तीय चेतनामूलक कार्यक्रम गर्ने उद्धेश्य सहित काठमाडौं बहिरा संघ नेपालको सहयोगमा सेयर बजार सम्बन्धी १ दिने आधारभूत तालिम कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम काठमाडौंको हात्तीसार स्थित् नेपाल हाउसमा सम्पन्न भएको हो। काठमाडौं बहिरा संघ नेपाल अन्र्तगत रहेका सदस्यहरुमध्ये ५० भन्दा बढी सदस्यहरुको सहभागिता भएको उक्त कार्यक्रम मूख्यतया पूँजी बजारमा शुरुवाती प्रवेश तथा लगानीको महत्वमा केन्द्रित थियो ।

कार्यक्रमको तालिम सञ्चालन प्रभु क्यापिटलका प्रमुख लगानी अधिकृत दुर्गा नन्द झा तथा श्रीया कुटुले गरेका थिए भने यसलाई सांकेतिक भाषामा दोभाषेहरु  रेनु शाह तथा सुनीता श्रेष्ठले प्रस्तुत गरेका थिए । कार्यक्रम पूँजी बजारमा शुरुवाती प्रवेश के कसरी गर्ने, मेरो शेयर के कसरी चलाउने, सेयरबजार सम्बन्धी सूचनाको स्रोतहरु आदि विषयमा सामूहिक रुपमा अन्तरक्रिया गरी कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा काठमाडौं बहिरा संघ नेपाल सम्बद्घ सहभागी सदस्यहरुले शेयर बजार सम्बन्धी आजको तालिम कार्यक्रम एकदमै फलदायी भएको तथा अब सेयर बजारमा लगानी गरी आर्थिक उपार्जन गरी आर्थिक रुपमा सबल बन्न सक्ने बताउँदैै आगामी दिनमा अझै एडभान्स लेबलको तालिमहरु पनि प्रदान भएमा यसले बहिराहरुलाई नेपालको सेयरबजारमा लाग्नको लागि थप प्रेरित गर्ने बताए ।

कार्यक्रममा प्रभु क्यापिटल लिमिटेडको कार्य सञ्चालन विभाग प्रमुख श्री बसन्ता उपाध्यायले कार्यक्रमको समापन मन्तव्य राख्दैै “ग्लोबल मनि विक २०२३” को अवसरमा यो प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको बताँउदै तालिम प्रतिको सहभागी सदस्यहरुका उत्साह तथा अन्तरक्रियामा सक्रिय सहभागीता देख्दा अत्यन्त खुशी लागेको जनाउँदै  GMW को यस वर्षको विषयबस्तु 'Plan Your Money Plant Your Future' मूलनारा लिने यसको प्रमुख सन्देश युवा अबस्थाबाट नै व्यक्ति वित्तीय रुपमा सबल बन्न यो मूलनारा अनुशरण गरी लगानीको स्रोतबारे ज्ञान लिने, आयबाट केही बचत गर्ने बानी बसाल्ने तथा सो बचत लगानी गरि सोलाई गुणात्मक वृद्घि गर्न पूँजी बजार समेत एक राम्रो स्रोत रहेको जानकारी दिदै उपस्थित सबैजनालाई पूँजी बजारमा लगानी गर्न प्रोत्साहन गरे ।

यसका साथै शारीरिक तथा मानसिक कमी कमजोरी भई अपाङ्गता भएका “क” तथा “ख” वर्गको अपाङ्गता भएका व्यक्तिहरुलाई धितोपत्र बजार प्रवेशमा प्रोत्साहन गर्नका लागि प्रभु क्यापिटल मार्फत डिम्याट तथा मेरो शेयर खोल्दा कुनै पनि शुल्क नलाग्ने तथा आजीवन सो सुविधा निशुल्क पाउने व्यवस्था रहेको समेत जानकारी दिए ।

प्रभु क्यापिटलले शेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय–समयमा सेयर तथा पुँजी बजारसंग सम्बन्धित तालिम कार्यक्रम, विविध वर्कसप तथा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको