Like us!
Follow us!
Connect us!
Watch us!

सन्दीप लामिछाने माथिको बलात्कार मुद्दाको फैसला आज

अर्थ संसार

सोमबार, १३ चैत्र २०७९, १० : ५१ मा प्रकाशित

सन्दीप लामिछाने माथिको बलात्कार मुद्दाको फैसला आज

नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेमाथिको बलात्कार मुद्दाको फैसला आज हुने भएको छ । काठमांडू जिल्ला अदालतले सन्दीमाथिको मुद्दाको फैसलाको पेशी आज तोकेको छ ।

सन्दीप धरौटीमा रिहाई भई पुनः राष्ट्रिय टिममा समावेश छन् । उनले विदेशमा समेत गएर खेल्ने गरी अदालतले आदेश दिइसकेको छ ।

सन्दीपविरुद्ध कम उमेरकी एक नाबालिकले गत वर्ष बलात्कारको आरोप लगाएर उजूरी दर्ता गरेकी थिइन् । यसबारे प्रहरीले अनुसन्धान गरी उनीविरुद्ध मुद्दा दायर गरेको थियो । त्यसपछि विदेशमा रहेका उनी नेपाल फर्किएलगत्तै पक्राउ परी हिरासत हुँदै कारागारमा राखिएका थिए ।

नेपालको खेलकूद क्षेत्रमा सर्वाधिक रकम कमाउने खेलाडीको सूचीमा छन् सन्दीप । उनले भारतमा आइपिएल पनि खेलेका छन् । यसबाहेक विभिन्न देशका चर्चित क्रिकेट लिग खेलिसकेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको