Like us!
Follow us!
Connect us!
Watch us!

लामिछानेविरुद्धको मुद्धाको पेशी स्थगित

अर्थ संसार

सोमबार, १३ चैत्र २०७९, १४ : ४८ मा प्रकाशित

लामिछानेविरुद्धको मुद्धाको पेशी स्थगित

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्धाको फैसलाको पेशी स्थगित भएको छ । अन्तिम सुनुवाइका लागि तोकिएको पेशी न्यायाधीश माधवप्रसाद रेग्मीको एकल इजलासमा परेको थियो । सन्दीप पक्षका अधिवक्ताहरुको निवेदनमा आजको पेशी स्थगित भएको हो ।

नाबालिका बलात्कार आरोपमा सन्दीपलाई थुनामा राख्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियो । उक्त आदेश विरुद्ध लामिछाने उच्च आदलत गएका थिए । 

उच्च अदालतले सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो । उनको मुद्दाको अन्तिम फैसलाको लागि आजदेखि सुनुवाइ हुने भनिएपनि सन्दीपकै पक्षका अधिवक्ताको निवेदनमा आजको पेशी स्थगित् गरिएको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको