Like us!
Follow us!
Connect us!
Watch us!

बैंकले लिने सावाँ, ब्याजसँगै सेवा शुल्कको पनि जानकारी राखौं– राष्ट्र बैंक

अर्थ संसार

मंगलबार, १४ चैत्र २०७९, ११ : ०५ मा प्रकाशित

बैंकले लिने सावाँ, ब्याजसँगै सेवा शुल्कको पनि जानकारी राखौं– राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले सर्वसाधारण ऋणीहरूमा कर्जाको सावाँ, ब्याज र सेवा शुल्कको बारेमा जानकारी राख्न समग्रमा आग्रह गरेको छ । राष्ट्र बैंकले मंगलबार वित्तीय चेतनाका लागि भन्दै यस्तो जानकारी दिएको हो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लगानी गर्दा ब्याजसँगै सेवा शुल्क समेत लिने गरेको भन्दै उक्त विषयमा ध्यान दिन समग्र सर्व-साधारणलाई सचेत गराएको हो । 

उक्त विषयमा बैंकले भनेको छ, ‘कर्जा उपयोग गर्दा कर्जाको लागि ब्याज मात्र नभई अन्य विभिन्न अवस्थामा विभिन्न शुल्कहरू पनि भुक्तानी गर्नुपर्ने हुन्छ । यस्तो शुल्कको बारेमा कर्जा प्रदान गर्ने संस्थासँग विस्तृतमा छलफल गरी प्रस्ट भएपछि मात्र कर्जा कारोबार गर्नुपर्दछ । ऋणीलाई ब्याजदर तथा शुल्कका बारेमा सरल भाषामा बुझाउनु कर्जा प्रदान गर्ने संस्थाको दायित्व हो ।’ तोकिएको शुल्क बाहेक अन्य कुनै पनि शुल्क लिन नपाउने व्यवस्था रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको