प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजै मन्त्रिमण्डल विस्तार गर्ने तयारी रहेको बताएका छन्। चितवनको भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवनको आज बिहिबार बिहान आयोजित शिलान्यास कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
उनले भने, ‘सकेसम्म आजै मन्त्रिमण्डल विस्तार गरेर शपथग्रहण गराउने मेरो लक्ष्य छ। आज सकिएन भने भोलि बिहान होला। काम हाम्रो सकिएको छ। एकरदुईवटा मन्त्रालय मिलाउन बाँकी छ। अरु टुंगिएको छ ।’ साथै प्रधानमन्त्री प्रचण्डले नेपालको राजनीतिक स्थायित्व र विकासलाई नयाँ गति दिन आफू प्रधानमन्त्री भएको पनि ठोकुवा गरे।
प्रधानमन्त्री प्रचण्ड चितवन जाने भएपछि आज बसेको सत्तारुढ गठबन्धनको बैठक निष्कर्ष बिहिन हुन पुगेको थियो । उनी चितवनवाट फर्केपछि पुनः बैठक बसी मन्त्रालयको संख्या र मन्त्रालय भागबन्डा हुने बुझिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस