विश्व बैंकको अध्यक्षमा भारतीय मूलका अजयपाल सिंह बंगा निर्विरोध हुने विश्वास गरिएको छ । यस पदका लागि अरू कसैले मनोनयन गरेका छैनन्। विश्व बैंकका वर्तमान अध्यक्ष डेभिड मालपासलाई तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१९ मा मनोनयन गरेका थिए । त्यसबेला मालपास पनि निर्विरोध निर्वाचित भएका थिए । मालपासले एक वर्षअघि नै राजीनामा दिने योजना सार्वजनिक गरेका थिए ।
त्यसपछि गत महिना भारतीय मूलका अजय पाल सिंह बंगाको नाम वर्तमान अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रस्ताव गरे। भारतले पनि अजयपाल सिंह बङ्गाको उम्मेदवारीलाई समर्थन गरेको छ । उक्त पदका लागि फागुन अन्तिम साताबाट मनोनयन सुरु भएको थियो । विश्व बैंकको नियम अनुसार सदस्य राष्ट्रले निश्चित समयका लागि मनोनयन गर्न सक्नेछन् । बुधबार मनोनयनको अन्तिम मितिसम्म अजयपाल सिंह बंगा मात्र मनोनयनमा परेका छन् । यस्तो अवस्थामा बङ्गा विश्व बैंकको निर्विरोध अध्यक्ष बन्ने निश्चित मानिएको छ ।
अजयपाल सिंह बङ्गालाई सन् २०१६ मा भारत सरकारले पद्मश्री अवार्ड प्रदान गरेको थियो । पुणेमा जन्मेका बंगाले आफ्नो प्राथमिक शिक्षा शिमलामा गरे। सेना अधिकारीका छोरा, बंगा दिल्लीको सेन्ट स्टीफन्सबाट स्नातक र भारतीय व्यवस्थापन संस्थान (आईआईएम) अहमदाबादबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन्। नेस्लेबाट आफ्नो करियर सुरु गरेका बंगाले मास्टरकार्डका पूर्व सीईओ र अध्यक्ष हुनुका साथै पेप्सीकोमा पनि काम गरिसकेका छन्। सन् २०२० मा उनी इन्टरनेशनल चेम्बर अफ कमर्सको अध्यक्षमा निर्वाचित भएका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस