Like us!
Follow us!
Connect us!
Watch us!

मन्त्रिपरिषद् विस्तार आज, शपथ साढे ४ बजेपछि हुँदै (यस्तो छ भागबण्डा)

अर्थ संसार

शुक्रबार, १७ चैत्र २०७९, ११ : ०८ मा प्रकाशित

मन्त्रिपरिषद् विस्तार आज, शपथ साढे ४ बजेपछि हुँदै (यस्तो छ भागबण्डा)

प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनमा रहेका दलहरुबीचमा लामो छलफल पछि मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

मन्त्रिपरिषद् ।विस्तारको  छलफलका लागि प्रधानमन्त्री प्रचण्ड आज राष्ट्रपति निवास पुगेका थिए । प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलबीच शीतल निवासमा भएको छलफलमा आज दिउँसो साढे चार बजेपछि मन्त्रीहरुको शपथ गराउने तयारी भएको हो ।

गठबन्धनको प्रमखु घटक नेपाली कांग्रेसले अर्थ, परराष्ट्र, रक्षा‚ सहरी विकास‚ भूमि व्यवस्था‚ सामान्य प्रशासन‚ स्वास्थ्य र कानुन मन्त्रालय मन्त्रालय पाएको छ।

यस्तै, नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्रीसहित गृह‚ ऊर्जा‚ सञ्चार‚ पर्यटन र महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी पाउने भएको हो।

नेकपा (एकीकृत समाजवादी)ले भौतिक पूर्वाधार र वन मन्त्रालय पाउँदा नेपाल समाजवादी पार्टीले खानेपानी तथा सरसफाइ मन्त्रालय‚ जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय‚ नागरिक उन्मुक्ति पार्टीले युवा तथा खेलकुद र जनता समाजवादी पार्टी (जसपा) ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय‚ कृषि तथा पशुपन्छी मन्त्रालय र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पाउने भएको हो।

बुधबार बसेको सत्ता गठबन्धन बैठकले कांग्रेसलाई ८, माओवादीलाई प्रधानमन्त्रीसहित ५, जसपा र एसलाई २, जनमतलाई राज्यमन्त्रीसहित १ मन्त्रालय र अरुलाई १र१ मन्त्रालय दिने सहमति भएको थियो। सोही अनुरुप बिहीबार मन्त्रालयको भागबण्डा टुङ्गिएको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको