Like us!
Follow us!
Connect us!
Watch us!

मर्मत सम्भारका लागि मनकामना केबुलकार सेवा बन्द रहने

अर्थ संसार

आइतबार, १९ चैत्र २०७९, १२ : १४ मा प्रकाशित

मर्मत सम्भारका लागि मनकामना केबुलकार सेवा बन्द रहने

नेपालको पहिलो केबुलकार मनकामना केबुलकारको टावर मर्मत सम्भार कार्यको लागि यहि चैत्र २२ गते बुधबार एक दिनका लागि केवुलकार सेवा बन्द हुने भएको छ ।

जसअनुसार केवुलकार टावरको मर्मत संभार सकिए लगत्तै यहि चैत्र २३ गते बिहीबारबाट केबुलकार सेवा नियमित सुचारु हुर्ने कम्पनीले जनाएको हो ।

उक्त अवधिभरी केवलकार बटम स्टेशनमा रहेको रेष्टुरेण्ट सेवा भने यथावत् रहनेछ ।

कम्पनीले  मनकामना केवलकारलाई  नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टममा स्तरोन्नती गरेको छ । साथै यसबाट यात्रु महानुभाबमा पर्न जाने असुबिधाको लागि कम्पनि क्षमाप्राथी रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको