Like us!
Follow us!
Connect us!
Watch us!

वैशाख १० गते मनकामना केबलकार बन्द रहने

अर्थ संसार

शुक्रबार, ०८ बैशाख २०८०, १२ : ३६ मा प्रकाशित

वैशाख १० गते मनकामना केबलकार बन्द रहने

काठमाडों र वैशाख १० गते मनकामना केबलकारको सेवा बन्द रहने भएको छ । चितवन क्षेत्र नं २ मा हुन लागेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा उक्त जिल्लाको कुरिनटारबाट गोरखा जिल्लाको प्रशिद्ध शक्तिपिठ मनकामना जाने केबलकार मतदानको दिन सञ्चालन हुदाँ भिड बढ्ने र सुरक्षा संवेदनशिल बढ्रने हुदाँ उक्त दिन मनकामना केबलकार बन्द रहने मनकामना दर्शन प्रालिले जनाएको छ ।

उपनिर्वाचनलाई लक्षित गरी केबलकार सेवा बन्द गर्न जिल्ला प्रशासन कार्यालय चितवनले गरेको आग्रह अनुसार सेवा बन्द गर्न लागिएको हो । मनकामना केबलकारको बटम स्टेसन चितवनको कुरिनटार क्षेत्र नं २ भित्र पर्छ । वैशाख ११ गते देखि केबलकार पुनः सञ्चालनमा आउने प्रालिले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको