Like us!
Follow us!
Connect us!
Watch us!

बाबुरामको टिप्पणी– उपेन्द्र यादवलाई संसद् छिर्नबाट रोकौं !

अर्थ संसार

सोमबार, २० चैत्र २०७९, १२ : १७ मा प्रकाशित

बाबुरामको टिप्पणी– उपेन्द्र यादवलाई संसद् छिर्नबाट रोकौं !

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले उपनिर्वाचनमा केही नेतालाई जसरी पनि सत्तामा पुर्याउन खोजिएको भन्दै टिप्पणी गरेका छन् । भट्टराईले आज सामाजिक सञ्जाल ट्विटरमार्फत उपेन्द्र यादवलक्षित टिप्पणी गरेका हुन् ।

भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्फत चुनाव केही वर्षरमहिनामा अमूक पार्टी र नेतालाई सत्तामा पुर्याउने र राज्यदोहनको लाइसेन्स दिने कर्मकाण्ड नभएको उल्लेख गरेका छन् । उनले उपनिर्वाचनमार्फत सत्तामा पुग्न खोजिएको भन्दै त्यस्तालाई रोक्नुपर्ने बताएका हुन् ।

उनले भनेका छन– चुनाव केही बर्षरमहिनामा अमूक पार्टीरनेतालाई सत्तामा पुर्याउने र राज्यदोहनको लाइसेन्स दिने कर्मकाण्ड हैन१ यो जनताद्वारा जनताकोनिम्ति जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने पवित्र विधिरअवसर हो।हाम्रो लोकतन्त्रमा चुनावरउपचुनाव केही नेतालाई जसरी पनि सत्तामा पुर्याउने भर्यांग बन्दैछ ! रोकौं !

 

चुनाव केही बर्ष/महिनामा अमूक पार्टी/नेतालाई सत्तामा पुर्याउने र राज्यदोहनको लाइसेन्स दिने कर्मकाण्ड हैन!यो जनताद्वारा जनताकोनिम्ति जनताको सार्वभौमसत्ताको अभ्यासगर्ने पवित्र विधि/अवसर हो।हाम्रो लोकतन्त्रमा चुनाव/उपचुनाव केही नेतालाई जसरी पनि सत्तामा पुर्याउने भर्यांग बन्दैछ!रोकौं!

— Baburam Bhattarai (@brb1954) April 3, 2023

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको