Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकका ग्राहकले ‘दृष्टि आई केयर’ सेन्टरमा छुट पाउने

अर्थ संसार

मंगलबार, २१ चैत्र २०७९, १२ : ३७ मा प्रकाशित

सिटिजन्स बैंकका ग्राहकले ‘दृष्टि आई केयर’ सेन्टरमा छुट पाउने

सिटिजन्स बैंक लिमिटेडका ग्राहकले ‘दृष्टि आई केयर’ सेन्टरमा छुट पाउने भएका छन् । बैंक र कलंकीस्थित् ‘दृष्टि आई केयर’ सेन्टरबीच बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । 

उक्त समझदारीपत्रमा हस्ताक्षर पछि सिटिजन्स बैंकका कार्डबाहकहरुले दृष्टि आइ केयरमा २० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास लिएको बैंकले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको