Like us!
Follow us!
Connect us!
Watch us!

एडीबीको प्रक्षेपण- नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशतमा सीमित हुने

अर्थ संसार

मंगलबार, २१ चैत्र २०७९, १३ : ५४ मा प्रकाशित

एडीबीको प्रक्षेपण- नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशतमा सीमित हुने

एशियाली विकास बैंक (एडीबी)ले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ। आज मंगलबार सार्वजनिक ‘एसियन डेभलपमेण्ट आउटलुक’मार्फत् एडीबीले २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत हुने प्रक्षेपण गरेको हो ।

सन् २०२२ मा ५.८ प्रतिशत रहेको नेपालको आर्थिक वृद्धिदर सन् २०२३ मा ४.१ र सन् २०२४ मा ५ प्रतिशत हुने प्रक्षेपण एडीबीको छ । राष्ट्र बैंकले कसिलो मौद्रिक नीति सार्वजनिक गरेसँगै नेपालको खुद गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर सुस्त गतिमा भएको र अर्थतन्त्रमा आन्तरिक मागमा कमी आएको एडीबीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको