Like us!
Follow us!
Connect us!
Watch us!

मन्त्रिपरिषद्का निर्णयः एडीबीबाट १३ अर्ब १३ करोड ऋण, विश्व बैंक २ अर्ब ६२ अनुदान लिन टोली गठन

अर्थ संसार

विहीबार, १८ साउन २०८०, १७ : २० मा प्रकाशित

मन्त्रिपरिषद्का निर्णयः एडीबीबाट १३ अर्ब १३ करोड ऋण, विश्व बैंक २ अर्ब ६२ अनुदान लिन टोली गठन

सरकारले खाद्य तथा पोषण सुधार कार्यक्रम दोस्रोका लागि विश्व बैंकबाट २० मिलियन अमेरिकी डलर (करिव २ अर्ब ६२ करोड बराबर) अनुदान सहायता प्राप्त गर्ने सम्बन्धी दस्ताबेजलाई अन्तिम रुप दिन अर्थ मन्त्रालयको सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । 

बिहीवार सिंहदरबारमा मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो कुराको जानकारी दिएकी हुन् ।

त्यस्तै सरकारले इस्टेण्डिङ पब्लिक फाइनान्सियल म्यानेजमेण्ट एण्ड डेभलप सर्भिस डेलीभरि कार्यक्रम उपकार्यक्रम एकको लागि एशियाली विकास बैंकबाट सय मिलियन अमेरिकी डलर करिव (१३ अर्ब १३ करोड) बराबरको बजेटरी सहायताको रुपमा सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्ने सम्बन्धी दस्ताबेजलाई अन्तिम रुप दिने विषयमा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ।-File Photo

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको