फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले शान्ति स्थापना गर्न चीनले प्रमुख भूमिका निर्वाह गर्नसक्ने बताएका छन् । चीनको तीनदिने राजकीय भ्रमणमा रहेका उनले यहाँ आएपछि दिएका पहिलो सार्वजनिक अभिव्यक्तिमा उक्त कुरा बताएका हुन् ।
चिनियाँ राजधानीमा फ्रान्सेली नागरिकहरूसँगको कुराकानीमा राष्ट्रपति म्याक्रोँले शान्ति र स्थायित्वको साझा जिम्मेवारीका निम्ति फ्रान्स सदैव तत्पर रहेको बताए ।
युरोपेली मुलुकले बेइजिङसँगको व्यापारिक सम्बन्धलाई सुदृढ गर्नुपर्नेमा जोड दिँदै फ्रान्सेली राष्ट्रपतिले उनीहरू आर्थिक रूपमा चीनबाट अलग नहुने विचार व्यक्त गरे । उनले फ्रान्सको प्रमुख व्यापारिक साझेदार चीनसँगको व्यावसायिक सम्बन्धलाई निरन्तरता दिन आफू प्रतिबद्ध रहेको बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस