Like us!
Follow us!
Connect us!
Watch us!

कोका–कोला मोमोत्सवको आठौं संस्करण सम्पन्न

अर्थ संसार

बुधबार, २९ चैत्र २०७९, १३ : ०० मा प्रकाशित

कोका–कोला मोमोत्सवको आठौं संस्करण सम्पन्न

कोका–कोला मोमोत्सवको आठौं संस्करण सम्पन्न भएको छ । ‘कोकंमोमोको स्टोरीजस् म्याजिकल मोमोरिज’ ट्यागलाइनका साथ कोका–कोलाले ८ वर्षदेखि मस्म उत्सव आयोजना गर्दै आएको छ । यस वर्ष मोमोत्सव फेस्ट पोखरा, धरान, काठमाडौं, भरतपुर र भक्तपुरमा आयोजना गरिएको कम्पनीले जानकारी दिएको छ ।

कार्यक्रममा कुटुम्ब, स्वप्नसुमन, तृष्णा गुरुङ जस्ता लोकप्रिय ब्यान्ड तथा कलाकारको सांगीतिक प्रस्तुति रहेको थियो । फेब्रुअरी १५ देखि शुरू भएको यस अभियानमार्फत कोका–कोलाले हजारभन्दा बढी रेस्टुरेन्ट र भोजनालयसँग सहकार्य गर्दै छूट मूल्यमा विशेष कम्बो अफर प्रदान गरेको बताइएको छ ।

कोका–कोला नेपालका देशीय निर्देशक आदर्श अवस्थीले कोका–कोला मोमोत्सव वर्षेनि आउने चाडजस्तै भइसकेको बताए । मोमोत्सवको लोकप्रियताका कारण काठमाडौंमा मात्र सीमित नभएर यसपालि अन्य मुख्य शहरसम्म पुगेको उनको भनाइ छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको