Like us!
Follow us!
Connect us!
Watch us!

कोकाकोला फाउन्डेसन र माइती नेपालबीच महिला सशक्तिकरण र दिगो कृषि प्रवर्द्धन सहकार्य

अर्थ संसार

शुक्रबार, २९ भदौ २०८०, ०८ : १९ मा प्रकाशित

कोकाकोला फाउन्डेसन र माइती नेपालबीच महिला सशक्तिकरण र दिगो कृषि प्रवर्द्धन सहकार्य

द कोकाकोला फाउन्डेसन र माइती नेपालले महिला सशक्तिकरण र दिगो कृषि प्रवर्द्धनका लागि सहकार्य गरेका छन्। 

एकीकृत खेती, कृषि तालिम र कृषि पर्यटनमार्फत दिगो विकास, सामुदायिक समृद्धि तथा महिला सशक्तिकरणका लागि फाउन्डेसनले माइती नेपालसँग सहकार्य गरेकाे सुरु हो।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले उक्त परियोजना सुरूवात गरे। 

 

याे सुरुवातले ग्रामीण विकास प्रवर्द्धन गर्न, दिगो कृषि विधि बढावा दिन र समुदायलाई आर्थिक स्थायित्वमा योगदान दिने जमकट्टेलले बताए। 

परियोजनअन्तर्गत बाँचेका, ग्रामीण महिला र बेचबिखनको जोखिममा परेका बालिकालाई तालिम दिने गरी तालिम केन्द्र स्थापना फाउन्डेसनले जनाएको छ। 

फाउन्डेसनका अनुसार परियोजनाको लक्ष्य, ३० व्यक्तका लागि दिगो आर्थिक स्रोत सुनिश्चित गर्ने र उनीहरूलाई कृषि क्षेत्रमा सफलताका लागि आवश्यक सीप प्रदान गर्ने रहेको छ।

तालिमपछि यस संस्थाले सहभागीलाई स्टार्टअप गर्न आवश्यक कोषका लागि स्थानीय सरकार र बैंकिङ संस्थाहरूसँग लिंक गर्ने छ।

दोस्रो वर्ष भने फाउन्डेसनले रोजगारीका अवसर प्रदान गर्नुका साथै सहभागीलाई उनीहरूले नयाँ सिकेको ज्ञान कार्यान्वयन गर्न कृषि–पर्यटनका नमूना इकाइ स्थापना गर्ने योजना पनि बनाएको छ।

आफ्नो गाउँमै करियर बनाउन चाहनेलाई संस्थाले स्थानीय निकायसँग समन्वय गरी बैंकबाट कृषि ऋण लगायत आर्थिक सहयोग पनि उपलब्ध गराउने  छ।।

`महिला सशक्तिकरण र दिगो कृषि प्रवर्द्धन सँगसँगै जान्छ भन्नेमा आफूहरू विश्वस्त रहेको कोकाकोला फाउन्डेसन अध्यक्ष सादिया माड्सब्जर्गले बताइन्। 

‘माइती नेपालसँगको यस साझेदारीमार्फत हामीले बचेका र जोखिममा रहेका व्यक्तिलाई जीवनमा सफल हुन आवश्यक उपकरण र अवसरहरू प्रदान गर्दै वास्तविक र दिगो परिवर्तन ल्याउने लक्ष्य राखेका छौं,’ उनले भनिन्। 

एकीकृत खेती, कृषि तालिम र कृषि पर्यटनको संयोजन गरेर आफूहरूले महिलालाई आर्थिक रूपमा सशक्तिकरण गर्नमात्र नभई भविष्यमा दोहोर्याएर प्रतिकृति र विकास गर्न सकिने मोडेल निर्माणको प्रयासमा पनि रहेको माइती नेपालकी संस्थापक अनुराधा कोइरालाले बताइन्। 

‘हामी कोकाकोला फाउन्डेसनकोे सहयोगप्रति कृतज्ञ छौं र हाम्रो समुदायमा पनि अर्थपूर्ण प्रभाव पार्ने आशामा छौं,’ उनले भनिन्।

6503c31abd241.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको