Like us!
Follow us!
Connect us!
Watch us!

कोका–कोलाद्वारा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युथ डाइलग इभेन्ट आयोजना

अर्थ संसार

शुक्रबार, ०१ भदौ २०८०, १५ : २७ मा प्रकाशित

कोका–कोलाद्वारा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युथ डाइलग इभेन्ट आयोजना

ग्लोकल प्रा. लि. ले कार्यान्वयन गरेको कोका–कोला युथ डाइलग इभेन्टमा ‘रोल अफ युथ टुवार्ड्स सस्टेनेबल वल्ड’ सम्बन्धी प्रेरणादायी छलफलहरू प्रस्तुत भएका थिए । पछिल्लो युथ डाइलग इभेन्ट अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा काठमाडौं डन बस्को कलेजमा सम्पन्न भएको थियो ।

कोका–कोला नेपालद्वारा सपोर्ट गरिएको उक्त कार्यक्रममा तीन प्यानेलिस्टहरू थिए: अनुष्का श्रेष्ठ, सीईओ/को–फाउन्डर, मक्कुसे, पूर्व मिस नेपाल २०१९, सृष्टि वैद्य, वैद्य ग्रुपका फाइनान्स एण्ड एचआर डाइरेक्टर र ग्लोबल सेपर्सका लागि क्युरेटर काठमाडौं हब र स्नेहा श्रेष्ठ कम्युनिकेशन एण्ड सस्टेनेबिलिटी म्यानेजर, कोका–कोला बेभरेज नेपाल ।

यस कार्यक्रमले दिगो पहलमा सक्रिय सहभागी बन्न युवालाई सशक्तिकरण र संलग्न गराउने महत्वलाई जोड दिएको थियो । उक्त कार्यक्रममा १०० भन्दा बढी विद्यार्थीहरू सहभागी भएका थिए ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको