Like us!
Follow us!
Connect us!
Watch us!

ह्याम्स अस्पतालको छतमा हेलिकप्टर दुर्घटनाबाट जोगियो

अर्थ संसार

शनिबार, २५ चैत्र २०७९, २० : १७ मा प्रकाशित

ह्याम्स अस्पतालको छतमा हेलिकप्टर दुर्घटनाबाट जोगियो

 धुम्बाराहीरस्थित ह्याम्स अस्पतालमा एयरडाइनेस्टीको हेलिकप्टर दुर्घटनाबाट जोगिएको छ ।
     
अस्पतालको छतमा हरेको हेलिप्याडमा अवतरणका क्रममा उक्त हेलिकप्टर दुर्घटनामा परेको भन्ने जानकारी पाएपछि सम्बन्धित अधिकारीले घटनाको अनुसन्धान गरिरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । 

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले ह्याम्स अस्पतालमा एयरडाइनेस्टीको हेलिकप्टरमा प्राविधिक समस्या आएको जानकारी पाइएको बताउनुभयो । घटनाका सम्बन्धमा थप अनुसन्धान गर्न सम्बन्धित एयरलाइन्सका अधिकारी अस्पताल पुगेका छन् ।
     
महानगरीय प्रहरीवृत्त महाराजगञ्जका अनुसार उक्त हेलिकप्टर अहिले पनि अस्पतालको हेलिप्याडमा नै रहेको छ । अस्पतालको छतमा रहेको हेलिप्याडमा अवतरणका क्रममा हेलिकप्टरको पछाडिको पङ्खा खुस्किएर नजिकैको घरको छानामा खसेको बताइएको छ ।
     
हेलिकप्टरको अहिले प्राविधिकले मर्मत गरिरहेका छन् । दुुर्घटनामा कुनै पनि क्षति नभएको र थप अनुसनधान भइरहेको प्रहरीले जनाएको छ । ह्याम्स अस्पतालका एक कर्मचारीले छतमा हेलिकप्टर अवतरणका क्रममा केही प्राविधिक समस्या देखिएको जानकारी पाएको बताउनुभयो । 

“हामीले हेलिकप्टरमा समस्या आएको भन्ने जानकारी पाएका हाँै, हेलिकप्टर कम्पनीका अधिकारी अस्पताल आउनुभएको छ ।”

उक्त हेलिकप्टर चिकित्सकसहितको टोलीसहित बिरामी लिनका लागि चितवनको भरतपुर जान विमानस्थलबाट ह्याम्स अस्पताल उडेको विमानस्थलले जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको