Like us!
Follow us!
Connect us!
Watch us!

सहकारीले अर्थतन्त्र जोगाउँछः पूर्व प्रधानमन्त्री ओली

अर्थ संसार

आइतबार, २६ चैत्र २०७९, १० : ५० मा प्रकाशित

सहकारीले अर्थतन्त्र जोगाउँछः पूर्व प्रधानमन्त्री ओली

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थतन्त्र अप्ठेरो परेको बेला जोगाउने सहकारी भएको बताएका छन् । राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको आयोजनामा भएको तेस्रो सहकारी सम्मेलनको समापनमा बोल्दै अध्यक्ष ओलीले सहकारी सञ्चालन गर्न नजान्दा पनि समस्या आएको बताएका हुन् । 

‘अहिले सहकारी जति बदनामाी भएको छ, अब बदनामी हुन नपायोस्’, उनले भने, ‘कृषि क्षेत्रमा बढी जनसंख्या आश्रित भएपनि जमिनको अभाव भएकाले परम्परागत खेती गर्दा कृषि उत्पादनमा मूलुक आत्मनिर्भर हुन नसेको हो ।’

ठूला बैंक, व्यापारी, उद्योगी समस्या भएकाले साना पुँजी भएका सहकारी समस्यामा हुनु स्वभाविभक भएको उनले बताए । सहकारीले एकीकृत जग्गामार्फत कृषि उत्पादनमा लाग्नुपर्ने ओलीले जोड दिए । 

सहकारीले अनुदान आशा गर्न नहुने भन्दै उनले भने, ‘उत्पादनमा लाग्नको लागि लामो समयको लागि सहुलियत ऋण व्यवस्था गर्नुपर्छ ।’ थोरै पुँजीलाई सही सदुपयोग गर्दा राम्रो उपलब्धी हाँसिल गर्न सकिने उनको भनाई छ । कुल जनसंख्याको ६० प्रतिशत जनसंख्यालाई कृषिको क्रान्तिमा जोड्न सके मूलुका खाद्यान्नमा आत्मनिर्भर हुन सक्ने पूर्व प्रधानमन्त्री ओलीले बताए । 

‘मानिसको खाना पाउनु पहिलो अधिकार हो’, उनले भने, ‘अब सहकारीले खाद्य सुरक्षामा जोड दिनुपर्छ । खान नपाए बर्बाद भइन्छ । लुगा त एकदुई वर्ष धान्छ ।’

त्यस्तै कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार नवराज घिमिरेले सहकारीको ऋण तिर्न पर्दैन भन्दै अफवाह फैलाउनेहरुलाई कानुनी कठाघरामा ल्याईने बताएका छन् । 

सहकारी ऐन नियममा भएका व्यवस्थाहरुलाई कार्यान्वयन गरी सहकारीलाई व्यवस्थित गर्न विभाग तयार रहेको प्रतिवद्धता जनाए । सहकारी खतराको डिलमा नपरेको भन्दै विश्वासलाई डग्मगाउन नदिनकालागि सहकारी अभियान्ताहरुलाई सचेत भएर लाग्न आग्रह गरे । सहकारी ऐन नियम परिवर्तन गरेर भएपनि सस्थागत संरचना निमार्ण पहल गर्र्न घिमिरेले बताए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको