Like us!
Follow us!
Connect us!
Watch us!

राप्रपा सांसद जवराको प्रश्नः यति सानो देशलाई दुई–दुई वटा धितोपत्र बोर्ड किन चाहियो?

अर्थ संसार

सोमबार, २७ चैत्र २०७९, १५ : ३१ मा प्रकाशित

राप्रपा सांसद जवराको प्रश्नः यति सानो देशलाई दुई–दुई वटा धितोपत्र बोर्ड किन चाहियो?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवल शम्शेर जवराले नेपाल जस्तो सानो देशमा २ वटा धितोपत्र बोर्ड किन चाहियो भन्दै संसद्मा प्रश्न गरेका छन् । प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद जवराले यस्तो प्रश्न गरेका हुन् ।

‘देशमा काण्डैकाण्ड भइरहेको छ । चाहे त्यो एनसेल काण्ड होस् । चाहे नक्कली भुटानी शरनार्थीको काण्ड होस् । चाहे त्यो धितो बोर्डको कुरा होस् । दुई–दुई वटा धितोबार्ड यति सानो देशलाई किन चाहियो ? चाहे त्यो अढाई करोड काण्ड किन नहोस् । यो काण्डैकाण्ड भएको बेलामा राप्रपाले नियाली रहेको छ,’– उनले भने ।

साथै, सरकारमा रहेका मन्त्रीका छोराछोरीहरुले काण्ड घटाइरहेको उनको आरोप छ । तिनीहरुलाई कारबाहीको कठघरामा ल्याउन पनि उनले माग गरेका छन् ।

‘यो देशमा भ्रष्टाचार हुन हामी दिने छैनौं । सरकारमा बसेका मन्त्रीका छोराछोरीहरुले विभिन्न घटनाहरु घटाइरहेका छन् । सरकारले यी सबैलाई कठघरामा ल्याउन पर्छ,’– उनले भने ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको