Like us!
Follow us!
Connect us!
Watch us!

रवीन्द्र मिश्रले भने– देशका सरकारी र गैरसरकारी संस्थाहरू राजनीतिले गिजोलिए

अर्थ संसार

सोमबार, १५ साउन २०८०, १७ : १५ मा प्रकाशित

रवीन्द्र मिश्रले भने– देशका सरकारी र गैरसरकारी संस्थाहरू राजनीतिले गिजोलिए

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्रले देशका सरकारी र गैरसरकारी संस्थाहरू राजनीतिले गिजोलिएको बताएका छन् । 

आज (सोमबार) काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उपाध्यक्ष मिश्रले सबै खाले राजनीतिले सबै संस्थाहरू राजनीतिको घेरामा आएको हुँदा वर्षेनी ७ लाख युवाहरू बाहिरिएको बताएका हुन् । 

उनले भने, ‘यो देश राष्ट्रको रुपमा अथवा राष्ट्र चलाउने राज्यको रुपमा क्षयीकृत भएर गयो । यो देशको राष्ट्रपति संस्था, प्रधानमन्त्री संस्था, कर्मचारी संस्था, अख्तियार, प्रहरी, हुँदाहुँदा न्यायालय पनि सबै राजनीतिले गिजोलियो त्यसले गर्दा यो सम्पूर्ण राज्य कमजोर हुँदा एक वर्षमा ७ लाख युवाहरू बाहिर जाने गरेका छन् ।’  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको