Like us!
Follow us!
Connect us!
Watch us!

राप्रपाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने

अर्थ संसार

विहीबार, २७ असार २०८१, १७ : ३० मा प्रकाशित

राप्रपाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको हो ।

बैठकपछि प्रमुख सचेतक ज्ञानबहादुर शाहीले संसदीय दलको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको जानकारी दिए । उनले भने, ‘आजको संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको छ । सरकारमा जाने/नजानेबारे निर्णय गरेका छैनौं ।’

उनले सरकारमा राप्रपा जाने वा नजाने भन्नेबारे संविधान संशोधनका लागि हुने सहमतिहरुले भर पर्ने प्रस्ट पारे ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको