Like us!
Follow us!
Connect us!
Watch us!

प्रतिनिधिसभा बैठकको आजको कार्यक्रम स्थगन गर्न प्रस्ताव पेस

अर्थ संसार

आइतबार, २१ जेठ २०८०, १२ : ३५ मा प्रकाशित

प्रतिनिधिसभा बैठकको आजको कार्यक्रम स्थगन गर्न प्रस्ताव पेस

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभाको आजको संसद्को बैठकको कारवाही स्थगन गर्न प्रस्ताव पेस गरेको छ । राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ७४ बमोजिम आजको संसद् वैठकको कारवाही स्थगन गर्न प्रस्ताव पेस गरेका हुन् ।

नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका विषयमा छलफल नगरी संसद् नियमितरुपमा अगाडि बढ्न नसक्ने उल्लेख गर्दै शाहीले निर्धारित सबै कार्यक्रम स्थगन गर्न माग गरे । अत्यन्त जरुरी सार्वजनिक महत्वको विषयमाथि छलफल गर्न सो प्रस्ताव पेस गरिएको हो ।-रासस/File Photo

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको