Like us!
Follow us!
Connect us!
Watch us!
यो काम अर्थमन्त्रालयबाट भएको हो भने अर्थमन्त्रीमाथि कारबाही गरियोस्

गोप्य कोठामा विचौलिया छिरेर करको दर हेरफेर गरेको राप्रपा सचेतक शाहीको आरोप

अर्थ संसार

मंगलबार, २३ जेठ २०८०, ११ : ३८ मा प्रकाशित

गोप्य कोठामा विचौलिया छिरेर करको दर हेरफेर गरेको राप्रपा सचेतक शाहीको आरोप

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बजेट प्रस्तुत हुने अघिल्लो दिन भन्सार विभागका पूर्व नायव सुब्बा रामकृष्ण श्रेष्ठ गोप्य कोठामा छिरेको आरोप लगाएका छन् । हिजो (सोमबार) संसद बैठकलाई सम्बोधन गर्दै शाहीले यस्तो आरोप लगाएका हुन् ।

उनले पूर्व ना.सु श्रेष्ठले गोप्य कोठामा छिरेर करको दर हेरफेर गरेको भन्ने समाचार मिडियामा आएको प्रति संसद्को ध्यानाकार्षण गराएका थिए।

‘एउटा समाचार आएको छ, करको दर हेरफेर गरियो भनेर । केही व्यापारी घरानालाई पोस्ने गरेर भन्सार विभागका पूर्व ना।सु रामकृष्ण श्रेष्ठलाई बजेट प्रस्तुतको अघिल्लो रात बजेट बनाउने गोप्य कोठामा लगियो भनेर समाचार आएको छ,’– उनले भने ।

व्यापारी घरानालाई पोस्ने नाममा करको दर हेरफेर हुँदा राज्यलाई ९० करोड रुपैयाँ घाटा लागेको उनको आरोप छ । सोही समयमा भन्सारबाट एक हजार एक सयभन्दा बढि गाडीहरु भित्रिएको तथ्याङ्क रहेको पनि उनले दाबी गरे । 

अहिल्लो पटक पनि यस्तै चलखेल भएर राज्यलाई घाटा लगाउने काम भएको उनको अरोप छ । यस विषयमा संसदीय समिति बनाएर मन्त्री दोषी पाइएमा कारबाही गरियोस् भनी उनले आग्रह समेत गरे ।

‘अहिल्लो वर्ष पनि यस्तै भयो । अहिलेको वर्ष छिटै संसदीय समिति छानविन गरेर यदि यो काम अर्थमन्त्रालयबाट भएको हो भने अर्थमन्त्रीमाथि कारबाही गरियोस् । यदि अर्थमन्त्रालयले गरेको होइन भने लेख्ने मिडियामाथि कारबाही गरियोस्,’– उनले भने ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको