Like us!
Follow us!
Connect us!
Watch us!

उद्योग वाणिज्य महासंघको मतदान सुरु, त्रिपक्षीय भिडन्तमा कसको पल्ला भारी?

अर्थ संसार

बुधबार, २९ चैत्र २०७९, ०८ : १९ मा प्रकाशित

उद्योग वाणिज्य महासंघको मतदान सुरु, त्रिपक्षीय भिडन्तमा कसको पल्ला भारी?

निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन सुरु भएको छ।  नयाँ नेतृत्व चयनका लागि महासंघको निर्वाचन बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको हो। 

विधानमा वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालका लागि स्वतः अध्यक्ष हुने व्यवस्था रहेकाले वरिष्ठ उपाध्यक्ष पदको प्रतिस्पर्धा रोचक हुने देखिएको छ। साधारणसभापछि वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल तीन वर्षका लागि स्वतः महासंघको अध्यक्ष हुँदैछन्।

महासंघको आसन्न निर्वाचनमा तीनवटा समूह निर्वाचनको प्रतिस्पर्धामा उत्रिएका छन्। महासंघको ५७ औं साधारणसभा तथा निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ, रामचन्द्र संघई र उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ। महासंघको विधानअनुसार एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष, एक कोषाध्यक्ष पदाधिकारी रहने व्यवस्था छ। त्यसैगरी, एसोसिएटबाट १९, जिल्ला र नगरबाट १८ र वस्तुगतबाट १२ जना केन्द्रीय सदस्य रहन्छन्।

त्यसैगरी प्रत्येक प्रदेशबाट दुई–दुई जनाका दरले १४ जना केन्द्रीय सदस्य रहने महासंघले जनाएको छ। महासंघको चुनावमा जिल्ला, नगर उद्योग वाणिज्य संघको मतभार ५० प्रतिशत, एसोसिएट सदस्य ९द्विराष्ट्रिय समेत० को ३० र वस्तुगत सदस्यको २० प्रतिशत मतभार रहने व्यवस्था छ। वरिष्ठ उपाध्यक्षमा विजयी हुन कुल मतको ५० प्रतिशतभन्दा बढी मत आवश्यक पर्छ। वरिष्ठ उपाध्यक्षका कुनै उम्मेदवारले पहिलो चरणको मतदानमा खसेको कुल मतको ५० प्रतिशत ल्याउन नसकेमा दोस्रो चरणमा निर्वाचन हुने व्यवस्था छ।

दोस्रो चरणमा पहिलो र दोस्रो मत ल्याउने उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुन्छ। वरिष्ठ उपाध्यक्षका प्रत्यासीले विभिन्न प्रतिवद्धता व्यक्त गर्दै चुनावी मैदानमा होमिएका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको