Like us!
Follow us!
Connect us!
Watch us!

त्रिशुली थ्री–ए को ऋण अवधि थप

सोमबार, ०९ असोज २०७४, ०७ : ५७ मा प्रकाशित

त्रिशुली थ्री–ए को ऋण अवधि थप

अर्थ संसार, काठमाडौ – चीनको आयात–निर्यात (एक्जिम) बैंकले निर्माणाधीन माथिल्लो त्रिशुली थ्री–ए जलविद्युत् आयोजनाको ऋण अवधि साढे ४ वर्ष थपेको छ । जुन २०१६ मा एक्जिम बैकको ऋण अवधि सकिएकोमा बल्ल एक्जिम बैकले ऋण अवधि थपेको हो ।

अर्थ मन्त्रालयका सहसचिव एवं वैदेशिक समन्वय महाशाखा प्रमुख वैकुण्ठ अर्यालले त्रिशुली थ्री–ए को ऋण अवधि साढे चार वर्ष थपिएको जानकारी दिए ।

नेपाल विद्युत् प्राधिकरणले एक्जिम बंैकको सहयोगमा निर्माण गरिरहेको ६० मेगावाटको यो आयोजनाका लागि ऋणको अवधि नाघ्दा आयोजना निर्माणमा अन्योल बढेको थियो । ऋण अवधि सकिनुअघि नै प्राधिकरणले ऊर्जा र अर्थ मन्त्रालय हुँदै ऋणको म्याद थप्नका लागि अनुरोध गरेको थियो ।

“ऋण अवधि विस्तार नगर्दा आयोजना निर्माणमा अन्योल बढेको थियो,” त्रिशुली थ्री–एका आयोजना प्रमुख फणिन्द्र जोशीले भने, “अब आयोजना निर्माणको काम अघि बढाउन सहज भएको छ ।” ऋण अवधि नथप्दा ठेकेदार कम्पनीहरूलाई समयमै भुक्तानी दिन नसकेर आयोजना निर्माण सुस्त भएको थियो ।

यसैगरी समयमै भुक्तानी गर्न नसक्दा चिनियाँ ठेकेदार कम्पनी सीडब्ल्यूईले निर्माण गरिरहेको प्रसारण लाइनको काम सुस्त गतिमा अघि बढेको आयोजनाले जनाएको छ ।

भूकम्प लगायतका कारणले आयोजना निर्माणमा ढिलाइ भएको भन्दै विद्युत् प्राधिकरणले ऋणको अवधि समेत थप्नका लागि अनुरोध गरेको थियो । अर्थ मन्त्रालयले एक्जिम बैंकलाई पाँच वर्षका लागि म्याद थप्न अनुरोध गरेकोमा एक्जिम बैकले भने साढे चार वर्षको लागि थपेको हो । आयोजनाका अनुसार करिब १५ करोड रुपैयाँ ठेकेदार कम्पनीलाई दिन बाँकी छ ।

काठमाडौसँग जोड्ने ४५ किलोमिटर लामो प्रसाारण लाइनका लागि आवश्यक सामान र उपकरणहरू ल्याउनका लागि भन्दै ठेकेदार कम्पनीले पटकपटक भुक्तानी मागे पनि आयोजनाले दिन सकेको छैन भने सिभिलतर्फको ठेकेदार कम्पनीले आयोजनाको निर्माण कार्यमा सुस्तता ल्याएको छ ।

प्राधिकरणले सिभिल ठेकेदारको म्याद २० अप्रिल २०१९ सम्म थपिसकेको छ । हाल क्याम्प लगायतका पूर्वाधार निर्माण गरिरहेको आयोजनाको ४ हजार ७६ मिटर सुरुङ निर्माण भने सम्पन्न भइसकेको छ ।  पटकपटक म्याद थप्दै आएको आयोजनाले अप्रिल २०१९ भित्र आयोजनाको निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

एक्जिम बैंकले ७ सय ९४ आरएमबी अर्थात करिब साढे १२ अर्ब लगानीको प्रतिवद्धता गरेको थियो भने प्रसाारणलाइनका लागि करिब ५० प्रतिशत ऋण दिइसकेको छ । कम्पनीले ५० प्रतिशत अझै लगानी गर्न बाँकी छ । भूकम्पले आयोजनाको पहुँच सडकका साथै बाँधमा ठूलो क्षति पु¥याएपछि आयोजनाको काम झण्डै डेढ वर्ष ढिला भएको थियो ।

  आयोजनाको प्रवेशमार्ग खुलाउन र बाँधको दायाँ र बाँया दुवैतर्फको ठूलो पहिरो व्यवस्थापनको जिम्मा सरकारले नेपाली सेनलााई दिएको थियो ।

२०७३ असार १५ गतेसम्म अर्थात २०१६ को जुन ३० सम्म सम्पन्न हुनेगरी आयोजनाको दोस्रो पटक म्याद थपिएकोमा फेरि तेस्रोपटक थपिएको छ । चीनको आर्थिक सहयोगमा तथा सिभिल, परामर्शदाता र प्रसारणलाइन निर्माणको ठेकेदार चिनियाँ कम्पनीनै रहेको आयोजना सन् २०११ मा ३५ महिनामा काम सम्पन्न गर्ने गरी सम्झौता भएको थियो ।

यसपछि २६ महिना म्याद थपेर ०७३ असार १५ मा सम्पन्न गर्ने म्याद थपिएको थियो । नुवाकोट र रसुवामा रहेको सो आयोजनाबाट वार्षिक ४८ करोड ९७ लाख ६० हजार युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ । कारोबारबाट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको