Like us!
Follow us!
Connect us!
Watch us!

भुवन केसीमाथि दीपकराजको आक्रोश– यो अध्यक्ष आएपछि जताततै लफडै लफडा

अर्थ संसार

बुधबार, २९ चैत्र २०७९, १३ : ३२ मा प्रकाशित

भुवन केसीमाथि दीपकराजको आक्रोश– यो अध्यक्ष आएपछि जताततै लफडै लफडा

कलाकार दीपकराज गिरीले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीमाथि कडा आक्रोश पोखेका छन् । चलचित्र विकास वोर्डले हिजो सार्वजनिक गरेको यसवर्ष प्रदर्शनमा आएका चलचित्रको आम्दानी सार्वजनिक गरेपछि असन्तुष्ट बनेका गिरीले आज बुधबार सामाजिक सञ्जालमा स्टाट्स लेख्दै आपत्ति जनाएका हुन ।

‘चलचित्र विकास बोर्डले हाम्रो फिल्मको कमाइको गलत रिपोर्ट सार्वजनिक गरेको छ । यो अध्यक्ष आएपछि जताततै लफडै लफडा छ हाम्रो क्षेत्रमा‘‘।,’ उनले फेसबुकमा आफ्ना धारणा राख्दै लेखेका छन् ।

बोर्डका हिजो सार्वजनिक गरेको बिवरणमा यो वर्ष सबैभन्दा बढि कमाईगर्ने चलचित्र ‘कबड्डी ४’ रहेको छ भने दोस्रो स्थानमा भारतीय चलचित्र ‘केजीएफ २’ रहेको छ । 

गिरी र दीपाश्री निरौलाको टिमले निर्माण गरेको चलचित्र ‘छक्कापञ्जा ४’ तेस्रो स्थानमा रहेपछि गिरीले आक्रोश पोखेको हुनसक्ने अनुमान गरिएको छ ।-File Photo

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको