Like us!
Follow us!
Connect us!
Watch us!

मेगा क्यापिटल मार्केट्सद्वारा नयाँ वर्ष २०८० को उपलक्ष्यमा ‘पीएमएस’ सेवाको प्रारम्भ

अर्थ संसार

बुधबार, २९ चैत्र २०७९, १५ : ५० मा प्रकाशित

मेगा क्यापिटल मार्केट्सद्वारा नयाँ वर्ष २०८० को उपलक्ष्यमा ‘पीएमएस’ सेवाको प्रारम्भ

नयाँ वर्ष २०८० को पावन अवसरमा ग्राहक वर्गलाई न्यूनतम लागतमा मेगा क्यापिटल मार्केट्स लिमिटेडले २०:८० लगानी व्यवस्थापन (Portfolio Management Service (PMS) सेवा प्रारम्भ गरेको छ । 

उक्त सेवा अन्तर्गत ग्राहकले लगानी पोर्टफोलियोमा हाल विद्यमान मुद्दती निक्षेपमा प्राप्त गर्न सकिने अधिकतम १२ प्रतिशत व्याजदर भन्दा बढी नाफा भएको खण्डमा मात्र बढी नाफाको २० प्रतिशत नाफा साझेदारी (Performance Fee) मेगा क्यापिटलले लिने गरी वार्षिक सञ्चालन सेवा शुल्क (AMC) मा शतप्रतिशत छुट प्राप्त गर्न सक्ने छन् । 

न्यून जोखिम आय उपकरणमा प्राप्त हुने आम्दानी सम्ममा सेवा शुल्क नलाग्ने हुनाले ग्राहक वर्गले न्यून लागतमा व्यवसायिक लगानी व्यवस्थापकको सेवा प्राप्त गर्न तथा शेयर बजार तर्फ लगानी प्रारम्भ गर्न मद्दत पु-याउने आशा क्यापिटलले लिएको छ । न्यूनतम ३ लाख नगद वा शेयर हस्ताणतरण गरेर उक्त सेवा न्यूनतम १ वर्षको लागि लिन सकिने छ र उक्त सेवा २०८० बैशाख महिनाभरिको लागि मात्र लागु हुने र अपेक्षित प्रतिफल १५ देखि २० प्रतिशत हुने अनुमान गरिएको छ ।

लगानी व्यवस्थापन सेवा प्रदायक कम्पनीहरु मध्ये छोटो समयमा मेगा क्यापिटलले गुणात्मक र परिमाणात्मक हिसाबले आफूलाई अब्बल साबित गर्न सफल भएको छ । आफूले शेयर बजारमा लगानी गर्ने इच्छा हुदाहुदै पनि पर्याप्त समय दिन असमर्थ वा शेयर बजार सम्बन्धि जानकारी तथा अनुभव नभएता पनि विशेषज्ञहरुबाट व्यावसायिक तवरले लगानी व्यवस्थापन सेवा लिन सकिने छ ।

साथै, सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीमा नेपाली नयाँ वर्ष २०८० को शुभ अवसरमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकाना व्यक्त समेत गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको