Like us!
Follow us!
Connect us!
Watch us!

एनआईबिएल एस र मेगा क्यापिटलको एकीकृत कारोबार आजबाट सुरु

अर्थ संसार

सोमबार, १८ असार २०८०, १२ : १९ मा प्रकाशित

एनआईबिएल एस र मेगा क्यापिटलको एकीकृत कारोबार आजबाट सुरु

एनआईबिएल एस क्यापिटलले मेगा क्यापिटल मार्केट्सलाई प्राप्ति गरेपश्चात एकीकृत कारोबार सुरु गरेको छ। आज (सोमाबार)देखि प्राप्ति प्रक्रिया पूरा गरी ‘एनआईएमबि एस क्यापिटल लिमिटेड’को नामबाट एकीकृत कारोबार सुरु भएको हो। 

प्राप्तिपश्चात साबिकको एनआईबिएल एस क्यापिटलको नाम एनआइएमबि एस क्यापिटल लिमिटेड हुने गरी परिवर्तन गर्न कम्पनी रजिस्ट्रारको कार्यालयबाट गत असार ११ गते स्वीकृति प्राप्त भइसकेको थियो।

दुवै कम्पनीको गत जेठ २९ गते सम्पन्न विशेष साधारण सभाले एनआईबिएल एस क्यापिटलले मेगा क्यापिटललाई प्राप्ति गर्ने पारित प्रस्ताव पारित गरेको थियो। गाभ्ने–गाभिने कम्पनीको सम्पूर्ण सम्पत्ति तथा दायित्वसमेत आफुले सकार्ने निर्णयसमेत सभाले गरेको थियो। 

प्राप्तिपश्चात कम्पनीको चुक्तापुँजी ४७ करोड हुने, ४ लाख ८५ हजार भन्दा बढी हितग्राही खाता, ७ वटा शाखा कार्यालय र ५५ वटा भन्दा बढी कम्पनीको सेयर रजिस्ट्रार कार्यमार्फत करिब २५ लाखभन्दा बढी सेयरधनीलाई सेवा प्रदान हुने भएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको