Like us!
Follow us!
Connect us!
Watch us!

एनआईबिएल एस क्यापिटलले मेगा क्यापिटललाई प्राप्ति गर्न बोलायो विशेष साधारण सभा

अर्थ संसार

आइतबार, १४ जेठ २०८०, १३ : ३६ मा प्रकाशित

एनआईबिएल एस क्यापिटलले मेगा क्यापिटललाई प्राप्ति गर्न बोलायो विशेष साधारण सभा

एनआईबीएल एस क्यापिटलले मेगा क्यापिटल मार्केट्सलाई प्राप्ति गर्ने भएको छ । एनआईबीएल एस क्यापिटलले १ः१ को स्वाप रेसियोमा मेगा क्यापिटललाई प्राप्ति गर्ने जानकारी दिएको हो । समान हैसियतमा गाभिने प्रस्ताव पारित गर्न यी दुवै क्यापिटलले जेठ २९ गते विशेष साधारण सभा डाकेका छन् ।

एनआईबीएस एस क्यापिटलले क्यापिटलको सभाहल लाजिम्पाट काठमाडौंमा सभा गर्ने र सोहि दिन मेगा क्यापिटल मार्केट्सले विशेष साधारण होटल क्राउन इम्पेरियल रविभवनमा गर्ने जानकारी गराएका छन् । 

यी दुवै क्यापिटलको विशेष साधारण सभाले डीडीए प्रतिवेदन र समझदारीपत्रलगायत पारित गर्नेछन् । यस्तै प्राप्तिको काम कारबाही सम्पन्न गर्न सञ्चालक समितिलाई अधिकार दिँदैछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको