Like us!
Follow us!
Connect us!
Watch us!

असार १८ गतेबाट एकिकृत कारोबार सुरु गर्दै ‘एनआईएमबि एस क्यापिटल’

अर्थ संसार

विहीबार, १४ असार २०८०, १४ : १८ मा प्रकाशित

असार १८ गतेबाट एकिकृत कारोबार सुरु गर्दै ‘एनआईएमबि एस क्यापिटल’

मेगा क्यापिटल मार्केट्स लिमिटेड र एनआईबिएल एस क्यापिटल लिमिटेडले आउँदो असार १८ गतेबाट संयुक्त रुपमा कारोबार सुरु गर्ने भएको छ । एक आपसमा गाभिए वा मर्ज भएका यी दुई कम्पनीले ‘एनआईएमबि एस क्यापिटल’को नामबाट एकिकृत कारोबार गर्न लागेको हो ।

यी दुई कम्पनीको गत जेठ २९ गते विशेष साधारण सभा सम्पन्न भएको थियो । उक्त सभाले मर्जरको प्रस्ताव पारित गरेको थियो । ती दुई कम्पनीलाई असार ११ गते कम्पनीको रजिष्ट्रार कार्यालयले मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो । दुबै संस्थाको सञ्चालक समितिको बैठकले असार १८ गतेबाट ‘एनआईएमबि एस क्यापिटल’को नामबाट एकिकृत कारोबार गर्ने निर्णय गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको