Like us!
Follow us!
Connect us!
Watch us!

चैत्र मसान्तसम्म चुक्ता पूँजी पुर्याउने समय सीमा हामीलाई लागुहुदैँन :महेन्द्र कुमार श्रेष्ठ, अक्ष्यक्ष, हिमालयन एभरेष्ट इन्स्योेरेन्स (भिडियो)

अर्थ संसार

बुधबार, २९ चैत्र २०७९, २१ : १० मा प्रकाशित

हिमालयन एभरेष्ट इन्स्योेरेन्सका अक्ष्यक्ष महेन्द्र कुमार श्रेष्ठले आफुहरुको कम्पनीलाई चुक्ता पूँजी पुर्याउने बारेमा बिमा प्राधिकरणले मर्जरमा गएका कम्पनीहरुलाई चुक्ता पूँजी पुर्याउन एक वर्ष थप गरेको कारण चैत्र मसान्तको समय सीमा लागु नहुने बताए। 

कम्पनीको २९औं वार्षिक साधारण सभामा बोल्दै उनले भने अहिलेको बोनस सेयरपछि कम्पनीको चुक्ता पूँजी झण्डै २ अर्ब ३० करोड पुग्ने र सेयर प्रिमियमको  १८ करोड ८० लाख पनि समावेश गर्दा चुक्ता पूँजी २ अर्ब ४९ लाख जति हुने र अबको कमाईबाट २ अर्ब ५० करोडको कम्पनी बन्नेछ। 

तेस्तै सिईओ विजय बहादुर शाहले गएको वर्ष नेपालको बिमा क्षेत्रमा आएको तरङ्गले आफूहरु उत्साहित रहेको बताए। "बिमाको नाफा नोक्सान एउटा अवधि नसकिए सम्म भन्न सकिन्न, झन बिमाको व्यवसायमा त अझ अनिशित हुन्छ "उनले भने। 

सभा बुधबार बानेश्वर, ब्याङ्क्वेट, थापागाउँ, काठमाडौंमा सम्पन्न भएको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको कायम चुक्तापुँजीको २.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.१४ प्रतिशत नगद लाभांश पारित गरेको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत ३ गते बुकक्लोज गरेको थियो । तसर्थ चैत २ गतेसम्म कायम सेयरधनीहरुले मात्रै लाभांस पाउनेछन् । 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको