Like us!
Follow us!
Connect us!
Watch us!

६७ हजार ४८१ कित्ता संस्थापक सेयर बिक्री गर्दै हिमालयन एभरेष्ट इन्स्योरेन्स, कति छ मूल्य ?

अर्थ संसार

विहीबार, ०७ भदौ २०८०, ११ : ४२ मा प्रकाशित

६७ हजार ४८१ कित्ता संस्थापक सेयर बिक्री गर्दै हिमालयन एभरेष्ट इन्स्योरेन्स, कति छ मूल्य ?

हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले केही संस्थापक समूहको सेयरहरू बिक्री गर्ने भएको छ । कम्पनीले ६७ हजार ४ सय ८१ कित्ता संस्थापक समूहको सेयरहरू बिक्री गर्न लागेको हो ।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताहरूले सो वा सोभन्दा बढी मूल्य कबोल गर्नुपर्नेछ ।

कम्पनीले सर्वप्रथम संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर कम्पनीको केन्द्रीय कार्यालय थापागाँउ, काठमाडौँमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको हो । 

सो समयभित्र कुनैपनि निवेदन नआएमा प्रचलित कानून बमोजिम संस्थापक शेयरधनीहरुको दावी नभएको सम्झी अन्य व्यक्तिहरुलाई बिक्री गरिने पनि कम्पनीले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको