Like us!
Follow us!
Connect us!
Watch us!

तीन लघुवित्त संस्थाकोे साधारणसभा आज हुँदै, के-के छन् प्रस्ताव ?

अर्थ संसार

विहीबार, ३० चैत्र २०७९, ०७ : ३२ मा प्रकाशित

तीन लघुवित्त संस्थाकोे साधारणसभा आज हुँदै, के-के छन् प्रस्ताव ?

तीन लघुवित्त वित्तिय संस्थाहरुको बार्षिक साधारणसभा आज चैत्र ३० गते विहिबार हुँदैछ । जिवन विकास लघुवित्त, उन्नती सहकार्य लघुवित्त र आरम्भ चौतारी लघुवित्तको साधारण्मसभा आज हुन लागेको हो ।

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको चौथो बार्षिक साधारणसभा आज चैत्र ३० गते संस्थाको केन्द्रिय कार्यलय कठारी मोरङमा बिहान १०ः३० बजेदेखि सुरु हुनेछ ।

सभाले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १४.२८५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७१४ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभामा अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र अनुसूचीहरु पारित गर्ने, आर्थिक वर्ष ७९/८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन् । 

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको ८ औँ बार्षिक साधारणसभा आज चैत्र ३० गते संस्थाको एशिएन बुद्ध होटल भैरहवामा बिहान ८ बजेदेखि सुरु हुनेछ ।

संस्थाले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कुनै पनि लाभांश वितरण गर्ने छैन । सभामा अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र अनुसूचीहरु पारित गर्ने, आर्थिक वर्ष ७९/८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन् ।

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको ७ औँ बार्षिक साधारणसभा आज चैत्र ३० गते बनेपा पार्टी भेन्यु बनेपा काभ्रेपलान्चोकमा ११ बजेदेखि सुरु हुनेछ ।

सभामा अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र अनुसूचीहरु पारित गर्ने, आर्थिक वर्ष ७९/८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन् । संस्थाले गत आर्थिक बर्षको मुनाफाबाट लाभांश वितरण गर्ने छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको