Like us!
Follow us!
Connect us!
Watch us!

२७ प्रतिशतले बढ्यो नेशनल माइक्रोफाइनान्सको नाफा, ईपिएस कति ?

अर्थ संसार

विहीबार, २६ साउन २०७९, ०७ : ०९ मा प्रकाशित

२७ प्रतिशतले बढ्यो नेशनल माइक्रोफाइनान्सको नाफा, ईपिएस कति ?

नेशनल माइक्रोफाइनान्स लघुवित्त संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । समिक्षा अवधिमा संस्थाको मुनाफामा बृद्धि आएको छ ।  

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले ४० करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा २७.१२ प्रतिशतले बढि हो । गत वर्षको यसै अवधिमा संस्थाले ३१ करोड ५८ लाख ४१ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि २७.६३ प्रतिशतले बढेर ८० करोड ३ लाख ८० हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले ६२ करोड ७० लाख ९१ हजार रूपैयाँ ब्याज आम्दानी गरेको थियो । 

चौथो त्रैमाससम्म आइपुग्दा सस्थाको सञ्चालन मुनाफा बढेर ६७ करोड ७३ लाख १ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले ४९ करोड ९७ लाख ७ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । ्

त्यस्तै, संस्थाको चुक्ता पुँजी ५८ करोड ६६ लाख ७५ हजार रुपैयाँ र जगेडा कोषमा ७४ करोड ९४ लाख ४९ हजार रुपैयाँ सञ्चित रहेको छ संस्थाको खराब कर्जा (एनपिएल) घटेर २.४५ प्रतिशत पुगेको छ । संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ६८ रुपैयाँ ४४ पैसा र प्रतिसेयर नेटवर्थ २२७ रुपैयाँ ७५ पैसा रहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको