Like us!
Follow us!
Connect us!
Watch us!

मर्जरको विशेष प्रस्ताव पारित गर्न यी दुई कम्पनीले छुटा छुट्टै बोलाए विशेष साधारण सभा

अर्थ संसार

मंगलबार, ०५ बैशाख २०८०, ११ : ४५ मा प्रकाशित

मर्जरको विशेष प्रस्ताव पारित गर्न यी दुई कम्पनीले छुटा छुट्टै बोलाए विशेष साधारण सभा

अजोड र यूनाइटेड इन्स्योरेन्स कम्पनीले मर्जरको विशेष प्रस्ताव पारित गर्न छुटा छुट्टै साधारण सभा डाकेका छन् । अजोड इन्स्योरेन्स कम्पनीले बैशाख ४ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार बैशाख २५ गते साधारण सभा गर्ने जनाएको छ । सो सभा यूनाइटेड वर्ल्ड ट्रेड सेन्टर अमन हल तेस्रो तल्लामा विहान ११ बजे गर्ने जनाएको छ । त्यस्तै, यूनाइटेड इन्स्योरेन्सको पनि सोही दिन अनमोल ब्यांक्युट, शंखमुल, काठमाडौंमा विहान ११ बजे गर्ने जनाएको छ ।

सभाले अजोड र यूनाइटेड इन्स्योरेन्स कम्पनी एक आपसमा गाभ्ने/गाभिने र मर्जर सम्बन्धी प्रस्ताव पारित गर्नेछ । यी दुई कम्पनी गाभिएपछि बन्ने यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड कायम हुनेगरी सो नामबाट एकिकृत कारोबार गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै, यी दुई कम्पनी एक आपसमा गाभिने प्रयोजनका लागि मुल्याङकनकर्ता एसआर पाण्डे एण्ड कम्पनी चार्टर्ड एकाउन्टेनद्धारा तयार गरिएको अजोड र यूनाइटेडको चल अचल सम्पत्ती तथा कारोबार मुल्याङकन प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको सेयर अनुपात ८२.५०ः१०० कायम गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, यी दुई कम्पनीले एक आपसमा गाभ्ने गाभिने प्रस्ताव सम्बन्धी भएको सहमति अनुसार अन्तिम सम्झौता तथा अन्य भए गरेका सम्म्झौताहरु लगायत अनुमोदन गर्नेछ । सभामा एक आपसमा गाभिने तथा प्राप्ति गर्ने प्रयोजनका लागि कम्पनीको सम्पत्ति तथा दायित्वको मल्याइन गर्न परामर्शदाता, मूल्याङ्कनकर्ता तथा लेखापरिक्षण गर्न तयार गरेको मुल्याङकनकर्ताको नियुक्ती र नीजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी उपरोक्त प्रस्तावहरुको सम्बन्धमा सम्बन्धित नियामक निकायबाट कुनै संशोधन वा फेरबदल वा परिमार्जन वा थपघट गर्न निर्देशन वा सुझाव दिएमा सोहि बमोजिम गर्न गराउन तथा अभिलेख गर्दा गराउदा केहि हेरफेर गर्न संशोधन सम्बन्धी कागजात प्रमाणीत गर्न, दाखिल खारेज गर्न र सम्बन्धित निकायबाट अभिलेख गराई लिन समेत संचालक समितिलाई अख्तियार दिने लगायतका प्रस्तावहरु पारित गर्ने जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको