प्रभु क्यापिटल लिमिटेडको लगानी व्यवस्थापन सेवामा आफ्ना हितग्राही खातावालाहरुलाई वार्षिक शूल्कमा आजीवन १००% छुटको अफर ल्याएको छ । “नयाँ वर्षमा प्रभु क्यापिटलको उपहार, वार्षिक शूल्कमा छुटको बहार” भन्ने नाराका साथ यो अफर जेठ महिना सम्म सञ्चालनमा आउनेछ । यो अवधि भित्र डिम्याट खाता खोल्ने हितग्राहीले पनि यस लगानी व्यवस्थापन सेवाको फाईदा आजीवन वार्षिक शूल्कमा १००% छुट पाउन सक्ने कम्पनीले जनाएको हो ।
ग्राहकले रु ३ लाखबाट लगानी व्यवस्थापन सुरु गर्न सक्नेछन् । ३ लाख ग्राहकले क्यास, आफ्नो शेयर पोर्टफोलियो, अथवा क्यास र शेयर पोर्टफोलियो मिक्स गरी लगानी व्यवस्थापन सुरु गर्न सक्नेछन् ।क्यापिटलका अनुसार लगानी व्यवस्थापन सेवा योजनामा संलग्न भएका सेवाग्राहीले दैनिक रुपमा अनलाइनबाटै आफ्नो पोर्टफोलियो हेर्न सक्ने तथा साप्ताहिक पोर्टफोलियोको विवरण ई–मेल मार्फत् पाउने व्यवस्था प्रदान गरिरहेको छ ।
ग्राहकले प्रभु क्यापिटलको डिजिटल एप मार्फत पनि डिम्याट खाता खोलि यस योजनामा सहभागी भई आफ्नो पोर्टफोलियो हेर्न सक्ने सुविधा शुरु गरिसकेको क्यापिटलले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस