Like us!
Follow us!
Connect us!
Watch us!

विवादीत व्यक्ति अर्थमन्त्रीको प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त हुँदा होला आर्थिक संकट समाधान?

अर्थ संसार

शुक्रबार, ०८ बैशाख २०८०, ११ : ५७ मा प्रकाशित

विवादीत व्यक्ति अर्थमन्त्रीको प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त हुँदा होला आर्थिक संकट समाधान?

अर्थमन्त्री डा. प्रकाशशरण महतको प्रमुख आर्थिक सल्लाहकारमा अर्थविद् डा. विश्व पौडेल नियुक्त भएका छन्। राष्ट्रिय योजना आयोगका यसअघिका उपाध्यक्ष समेत रहेका पौडेल अर्थ मन्त्रालयमा प्रमुख सल्लाहकार नियुक्त भएका हुन्। त्यसैगरी अन्य दुई सल्लाहकार पनि नियुक्त भएका छन्।

अर्थविद् डा. पोषराज पाण्डे र डा. गुणाकर भट्टलाई विज्ञ सल्लाहकारमा नियुक्त गरिएको हो। पौडेल र पाण्डे अवैतनिक रुपमा सल्लाहकार नियुक्त भएका हुन् भने भट्टलाई मन्त्रालयमा काजमा तानिएको हो।

उनी संसदीय निर्वाचनमा चितवन १ बाट उम्मेदवार समेत बनेका थिए। तर उनी पराजित भए। उनलाई अर्थमन्त्री महतले अर्थ मन्त्रालयमा ल्याएका हुन्। चालू आर्थिक वर्षको बजेट निर्माणमा आफ्नो महत्वपूर्ण योगदान रहेको दाबी गर्ने पौडेल आगामी आर्थिक वर्षको बजेट निर्माण तयारी भइरहँदा अर्थ मन्त्रालय आएका छन्।

उनी विगतमा भने निकै भ्रष्टाचारको काण्डमा पनि मुछिएको पाइएको छ । उनलाई भ्रष्टाचारको मतियार समेत भनिन्छ । जनार्दन शर्माको कार्यकालमा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुँदा उनले भ्रष्टाचारीसँग सेटिङ गरेको समेत जगजाहेर छ । यस्तो विवादीत व्यक्ति मन्त्रीको सल्लाहकार नियुक्त गरिएको भन्दै यस प्रति चर्को आलोचना भइरहेको छ ।  

गत आम निर्वाचनमा चितवनबाट हारेका, अर्थतन्त्रको रुटसम्म ज्ञान नभई सतही ज्ञान भएको र भ्रष्टाचारीसँग सेटिङ गर्न माहिर व्यक्तिलाई नै अर्थमन्त्रीको प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त गरेपछि देशमा जारी आर्थिक संकट तत्काल हल नहुने देखिन्छ । 

त्यसबेला जनार्दन शर्मालाई भ्रष्टाचारीसँग मिलेर डुबाएको आरोप विश्व पौडेलमाथि लाग्दै आएको छ । अर्थतन्त्रको रुटतहको ज्ञान भन्दा पनि सतही ज्ञान भएका व्यक्तिका रुपमा डा. विश्व पौडेललाई चिनिन्छ ।

देश र जनताको लागि भन्दा पनि भ्रष्टाचारी, सभापति पत्नी आरजु राणाको लागि काम गर्ने र आफ्नो गोजी भर्ने ध्याउन्न भएका डा. विश्व पौडेलकै कारण नेपाली कांग्रेसभित्र ठूलो लफडा चल्दै आएको छ । उनको यो विवादीत छविले अबको अर्थतन्त्रमा कस्तो असर पर्ला भन्ने चासोको विषय बनेको छ । जटिल अवस्थामा रहेको अर्थतन्त्रलाई उकास्न के उनले योगदान गर्लान् कि पुनः उनी अर्को भ्रष्टाचारको काण्ड मुछिने त होइन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको