Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सको मर्जरलाई सेबोनको अन्तिम स्वीकृति

अर्थ संसार

बुधबार, १३ बैशाख २०८०, १२ : ५३ मा प्रकाशित

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सको मर्जरलाई सेबोनको अन्तिम स्वीकृति

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीबीचको मर्जरलाई अन्तिम स्वीकृति दिएको छ ।

यी दुई कम्पनीले मर्जरमा जाने स्वीकृति पाउन वैशाख ३ गते सेबोनमा निवेदन दिएका थिए । सेबोनले कम्पनीहरूको निवेदनअनुसार यी दुई कम्पनीलाई एकआपसमा गाभ्ने–गाभिने मर्ज गर्न अन्तिम सहमति दिएको हो ।

सेबोनले धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्नेरगाभिने तथा प्राप्ति सम्बन्धमा निर्देशिका, २०७९ को दफा ८ को उपदफा (४) बमोजिम यी दुई कम्पनीलाई मर्जरमा जाने अन्तिम स्वीकृति प्रदान गरेको हो ।

यी दुई कम्पनीबीचको मर्जरलाई नियामक निकाय नेपाल बीमा प्राधिकरणले चैत २६ गते अन्तिम स्वीकृति प्रदान गरिसकेको छ । अब कम्पनीहरूले आवश्यक कानूनी प्रक्रिया पूरा गरेर एकीकृत कारोबार शुरू गर्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको